२०८१, ८ बैशाख शनिबार

समानुपातिक उमेद्वारको अन्तिम बन्दसूची सार्वजनिक ३ जनाले उमेद्वारी फिर्ता लिए, २ सय ५३ जना अयोग्य

काठमाडौं । निर्वाचन आयोगले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको उमेद्वारहरको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यका लागि २ हजार २ सय ७३ उम्मेदवार कायम भएका छन् भने सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम गरेको छ…