२०८१, ४ माघ शुक्रबार

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका छन् ।

बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको भन्दै यिनै चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधता बीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । यी पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।’

उनले डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई ईसाई धर्मावलम्वीहरूले हरेक वर्ष धार्मिक—सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको भन्दै क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वहरुमा नेपाली कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ६ : २२ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन