२०८१, ५ माघ शनिबार

नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा


काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रहरीका दुई जना डीआईजीलाई एआईजी बढुवा गरेको हो ।

डीआईजीबाट एआईजी बढुवा हुनेमा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत दुर्गा सिंह र प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा दरबन्दी रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यरत भरतबहादुर बोहोरा रहेका छन् । मंसिर २८ गते गृह सचिव गोकर्णमणी दुवाडीको संयोजकत्वमा रहेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सिंह र दोस्रो नम्बरमा बोहोरालाई बढुवाका लागि सिफारिस गरेको थियो ।

एआईजी बोहोरा यहि पुष १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् भने सिंह प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानेछन् ।

प्रकाशित मिति : २०८१, ५ पुस शुक्रबार  ९ : २५ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन