२०८१, ५ माघ शनिबार

बीआरआईबारे एमाले- कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं

बीआरआईबारे एमाले- कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं


काठमाडौं: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईबारे कांग्रेससँग फरक मत रहेको बताएका छन् । पछिल्ला समसामयिक घटनाक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बीआरआईबारे कांग्रेस र एमालेको बुझाइमा एकरुपता नरहेको बताए । उनले यो परियोजनको विषयमा डिफरेन्सेस भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने जिकिर गरे ।

उपमहासचिव ज्ञवालीले कांग्रेसले पहिले हस्ताक्षर गरेर अहिले गिजोल्ने प्रयास गरेको बताए । उनले भने, ‘यो ऋणलाई हेरौं, धेरै महँगो रहेछ भने चीनसँग मात्रै होइन, अमेरिका र भारतसँग पनि लिनुहुन्न । सस्तो हुन्छ भने जहाँबाट लिँदा पनि हुन्छ । अहिले छलफल गरिरहेका छौं । अलिअलि डिफरेन्सेस भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं ।’

कांग्रेसले भने बीआरआई अनुदान भए लिन सकिने, तर ऋण स्वीकार्न नसक्ने प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘यो अनुदान भए ठीकै छ हामीले भनेका छौं । आवश्यक नै नभएको बेलामा अरुले दिन्छु भन्दैमा ऋण कसैले लिँदैन, लिनुहुँदैन । अहिले ऋण लिनुपर्छ भन्नेमा एमाले पनि छैन, प्रधानमन्त्री पनि हुनुहुन्न ।’

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ८ : ४४ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन