२०८१, २४ कार्तिक शनिबार

ठूलो परिमाणमा अबैद्य पान मसला र चिनी बरामद

ठूलो परिमाणमा अबैद्य पान मसला र चिनी बरामद

भन्सार कार्यालमैं सेटिङ मिलाउँछन् व्यवसायी


जनकपुरधामः सिन्धुली प्रहरीले ठूलो परिमाणमा भारतीय चिनी र पान मसला बरामद गरेकोछ । सिन्धुलीबाट लुकाई छिपाई रामेछापको मन्थली तर्फ लैजाँदै गरेको अबस्थामा चेकजाँचका क्रममा बिना बिलको ६० बोरा भारतीय चिनी, हुक्का फ्लेवर र पान मसला प्रहरीले भन्सार कार्यालय जनकपुर पठाएको छ ।
विवेक भुजा मिलको नाममा भुजा लोड गरिएको ट्रक काँटा गर्ने क्रममा बिलभन्दा बढी वजन देखिएपछि शंका लागेर प्रहरीले खानतलासी गर्दा लाखौंको अर्बैद्य सामाग्री फेला गरेको प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले खबरघरलाई जानकारी दिनुभयो ।
ना. ७ ख.७३५७ नम्बरको ट्रक खानतलासी गर्ने क्रममा बिल बिजक नभएपछि बुधवार साँझ भन्सार कार्यालय जनकपुर पठाइएको हो । प्राप्त बिबरण अनुसार महालक्ष्मी उद्योग लेखिएको चिनी ३८ बोरा, राजहंश लेखिएको २१ बोरा, सल्फरलेस ह्वाइट क्रिस्टल लेखिएको १ बोरासहित ६० बोरा चिनी, भुजा ३५३ बोरा भन्सार कार्यालय जनकपुर पठाइएको छ ।
त्यसैगरी सिन्धुलीको माझीटार चेकपोष्टबाट बा. ४ ख.५८०६ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा छतमा लुकाएर राजधानी काठमाडौं तर्फ लैजाँदै गरिएको अबस्थामा १३५ किलो अफजलमिण्ट टोवाको पान मसला बरामद गरेर भन्सार कार्यालय जनकपुर पठाएको एसपी काफ्लेले जानकारी दिनुभयो ।
व्यपारीनैं पुगे भन्सार कार्यालय !
सिन्धुली प्रहरीले अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाएको सामाग्रीहरुलाई छुटाउन व्यवसायी शिबलाल चौधरी ट्रक भन्दा अगाडिनैं भन्सार कार्यालय पुगेका छन् । भन्सार कार्यालयका एक अधिकारीका अनुसार भन्सार प्रमुख मानवहादुर पौडेलको कार्यकक्षमा पुगेका चौधरीले सिन्धुली प्रहरीले पठाएको चिनी र भुजाको मूल्य बढी भएको बताएका थिए । व्यवासायी चौधरीको चंगुलमा रहेका प्रमुख पौडेलले अबैद्य सामाग्री बोकेर कार्यालयमा पुगेका प्रहरीलाई चिनी र भुजाको मूल्य घटाएर अर्को पत्र पठाएपछि मात्रै सामान बुझ्ने बताएका थिए । लामो समयसम्म चुपचाप रहेका भन्सार प्रमुखलाई धनुषाका प्रमुख जिल्ला अधिकारीले सामान किन बुझ्नु भएन भन्दै फोन गरेपछि ती सामानहरु अनलोड गरेर जिम्मा लिएका थिए ।
पान मसलामा उस्र्तै लफ्डा !
चिनी र भुजाको मूल्य प्रहरीले बढाएर पठाएको भन्दै मूल्य नघटाए नबुझ्ने अडान लिएका भन्सार प्रमुख पौडेलले १३५ किलो पान मसला बुझ्नै मानेनन् । त्यसको पनि उस्तै कारण थियो रहेका भन्सारकै कर्मचारी दाबी गर्छन् । प्रतिकेजी १७०० रुपैयाँ लेखिएको उक्त मसाला ३ हजार केजी भन्दा बढी मूल्य पर्ने व्यवसायीहरु बताउँछन् । तर भन्सार अधिकृतले प्रतिकेजी १ हजार रुपैयाँको बिबरण लेखिएको पत्र नआउँदासम्म सामान जिम्मा नलिने अडान पनि प्रजिअको फोन कलसँगै क्षण भरमै सकिएको बताइएको छ ।
को हुन् शिवलाल !
सिन्धुलीमा भुजा मिल सञ्चालन गरेर व्यवसायमा एकै साथ उदाएका शिवलाल चौधरी सिन्धुलीमा अबैध कारोवार गर्ने व्यवसायीको सुचीमा चौथो नम्बरमा गनिन्छन् । उनले भुजा कारोवारका नाममा सबै कामहरु गर्दै आएको सिन्धुली उद्योग वाणिंज्य संघका एक पदाधिकारीले जानकारी दिए ।
हामीले त पटक पटक अबैद्य काम नगर्नुस् है, तपाईलाई हामी जोगाउन सक्तैनौं भनेर सचेत गराएकै हो तर उहाँहरुले हाम्रो आग्रहलाई सुन्नु भएन । बुधवार उहाँको ट्रक समातियो, हामीले त्यसमा केही बोल्नै सकेनौं, संघका ति पदाधिकारीले भने ।
स्मरणीय छ, सिन्धुली प्रहरीले यस अगाडि थप अनुसन्धान र कारबाहीका लागि पठाएका अबैद्य सामानहरु बोकेका ट्रक भन्सार कार्यालय प्रमुखको सेटिङमा फिर्ता आउने गरेका थिए । भन्सार कार्यालयसम्म पहुँच बनाएका सिन्धुलीका व्यापारीलाई केही राजनैतिक नेताको बलियो संरक्षण रहेको सिन्धुली प्रहरीले कारबाहीका लागि पठाएको प्याज बोकेको ट्रक भोलीपल्ट बिहानै फिर्ता आएबाट पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०८१, ८ कार्तिक बिहीबार  ५ : ४५ बजे

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै

सिन्धुलीगढी: ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२