२०८१, २ माघ बुधबार

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं ठाकुर गैरे

मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौं ठाकुर गैरे


काठमाडौं । नेकपा एमाले का सांसद ठाकुर गैरेल मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको बताउनु भएको छ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रियाअन्र्तक्रिया, त्यसका लागी थुप्रै समितिहरु निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौं। तर पनि समस्या चाहिं विभिन्न रुपले यथावत छ।’

साथै उहाँले मिटरब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो। जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उहाँको भनाई छ। यस्तै उहाँले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रकृयामा गयो अर्थात पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरुले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइ राख्ने त्यसको चाँही कारोवार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिती छ त्यसमा हामीले टाइट हुनुपर्यो।’

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  २ : २८ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं