२०८१, २ माघ बुधबार

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने


काठमाडौं । एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रूपैयाँका दरले ३ करोड इकाई ९३ अर्ब रूपैयाँ बराबरको० अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

जसमा ८।२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने बैंकले जनाएको छ ।

यसअघि नबिल बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको थियो । नबिलले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समिति बैठकले गत चैतमै गरेको थियो । नबिलले उक्त प्रस्ताव पेश गर्दा भदौ १७ गते विशेष साधारणसभा बोलाएको छ । नबिलले मुनाफा भएको वर्षमा मात्र ८ प्रतिशत लाभांश बाढ्ने गरी अग्राधिकार सेयर बिक्री गर्ने गरी प्रस्ताव गरेको थियो ।

एनआईशी एशिया बैंकले पनि ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरिसकेको छ । यसले ८।५ प्रतिशत लाभांश दिने गरी उक्त सेयर जारी गर्न लागेको हो ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ५९ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं