२०८१, २९ पुस सोमबार

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए । उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ । नीजि क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ ।

अब नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ । सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला । तर अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ । गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ ।’

यस्तै, उनले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताए ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ३२ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज