२०८१, २६ भाद्र बुधबार

उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ : अध्यक्ष  नेपाल

उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ : अध्यक्ष  नेपाल


काठमाडौं  ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन्।

आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’

साथै  उनले अरु पार्टीले  लगाई रहेको आरोपको प्रतिकार  गर्न  नहुने  बताए ।  उनले  प्रतिकार  गर्नु भनेको  आफूमा भएको आत्मविश्वासमा कमी हुनु बताए । 

उनले  भने,  ‘ गर्वका साथ  हामिले  भन्नुपर्छ,  हामिले  आफ्ना कुराहरुमा गौरवबोध भएर बस्नुपर्छ ताकी हिन्ताबोध भएर केही गर्न सक्दैनौं , प्राय हाम्रो  पार्टीपंतिहरुमा गुनासाहरु बढी सुन्ने गर्छु, अरुले  हामिलाई लगाइरहेको बात, आरोप त्यसैबाट  हामि चिन्तित हुने गर्छौं, हामि त्यसको  प्रतिकार गर्दै गर्दैनौं,मुखभरिको जवाफ दिने गर्दैनौं, त्यो आत्मविश्वासको कमि पनि हो । हामिमा आत्मविश्वासको  कमि छ,  हामिमा डिफेन्सिक मानसिकता छ,  डिफेन्सिक मानसिकता  बोकेको मान्छेले राजनीतिमा पहलकदमी  लिन सक्दैन । ’

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ६ : ४७ बजे

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका

यस्तो छन् मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा