२०८०, ६ चैत्र मंगलबार

काभ्रेमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क नहुँदा परिचय–पत्र वितरणमा समस्या

काभ्रेमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क नहुँदा परिचय–पत्र वितरणमा समस्या


–काजल तामाङ
काभ्रेमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क विवरण नहुँदा परिचय–पत्र वितरणमा सुमस्या भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र संवद्र्धन गर्नअपाङ्गता भएका व्यक्तिहरूलाई परिचय–पत्र दिने सरकारको नीति भएपनि तथ्याङ्क विवरण नभएपछि परिचय–पत्र वितरणमा समस्या भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनस्र्थापना तथा अवसर समानिकरण गराउँदै विकास प्रक्रियाहरूमा सहभागी गराउन कानुनले तोकिएको सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन परिचय–पत्र अनिवार्य बनाउनुपर्ने नेपाल अपाङ्ग महिला संघ काभ्रेका महासचिव पम्फा पूर्कोटीले बताउनुभयो । महासचिव पूर्कोटीका अनुसार काभ्रे अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क नहुदा कानुनले तोकिएको सेवा, सुविधा र अवसरबाट समेत बञ्चित हुनुपरेको छ ।

सरकारले विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरूको पहिचान गरी, स्थानीय तहदेखि नै तथ्याङ्क राख्न, अपाङ्गसम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजनामुताविक एवं अपाङ्ग सम्बन्धी अन्य प्रचलित नीति तथा कार्ययोजना र नेपाल सरकारको अध्यावधिक विकास योजनाहरूका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराइनुपर्ने सेवा सुविधाहरू व्यवस्थित रूपमा प्रदान गर्ने उदेश्यले परिचय–पत्र वितरण निर्देशिका २०६५, जारी गरिएको होे । तर परिचय–पत्र वितरण निर्देशिका जारी गरिएको भएपनि अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क नै नभएपछि परिचय–पत्र नपाएका हुन् । अपाङ्गताको आधारमा गरिएको वर्गीकरण प्रणाली नै सही नएकाले अपाङ्गता भएका व्यक्तिहरूको परिचय–पत्र वितरणमा समस्या भएको ईन्सके काभ्रेका प्रतिनिधि हिरामान लामाले बताउनु भयो ।

प्रतिनिधि लामाका अनुसरा काभ्रेमा अपाङ्गताको तथ्यांक यति नै भनेर एकिन गर्न गाह्रो भएको छ । नेपालको जनगणनाको २०६८ को तथ्यांक अनुसार काभ्रेमा ६,६७० (१.७५) अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । काभ्रे बहिरा विकास संघको तथ्यांक अनुसार अपाङ्गता परिचयपत्र वितरण रकेर्ड अनुसार २०७२÷७३ मा ७०७ जना २०७३÷७४ मा ३४६० जना र २०७४÷७५ असार सम्ममा ३,९२९ जनाले मात्र अपाङ्गता परिचय–पत्र प्राप्त गरेको देखिन्छ । यसैगरी शान्ति स्मारिका २०७२ को तथ्यांक अनुसार काभ्रेमा सशत्र दन्द्धको क्रममा ८० जना व्यक्ति अपांगता भएको पाइन्छ ।

के के छन् त परिचय–पत्र वितरणका मापदण्ड ?
नेपाल राजपत्र खण्ड ५६ (२०६३ भाद्र २) अनुसार अपाङ्गताको मात्राको आधारमा गरिएको वर्गीकरणलाई मुख्यमापदण्ड बनाई चार समूहमा परिचय–पत्रहरू वितरण गरिनेछ भनि उल्लेख गरिएको छ ।

(क) पूर्ण अशक्त अपाङ्गताः व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूकोसहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु,पूर्ण रुपमा श्रवण दृष्टिविहिन व्यक्तिहरु तथा आफै हलचल गर्न नसक्ने गरी पूर्ण रूपमा अशक्त भई अपाङ्गता भएकाव्यक्तिहरूलाई ‘क’ वर्गको अपाङ्गताको परिचय–पत्र वितरण गरिनेछ । यो वर्गभित्र पर्ने अपाङ्गता भएका नेपाली नागरिकलाई रातो रङ्गमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिने भनिएको छ । यसैगरी (ख) अति अशक्त अपाङ्गताः निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चारगर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांसपेशी विचलन भई वा मस्तिष्क पक्षघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिको अङ्ग नभएको वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोगगर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफै गर्न सक्ने तर सिकाइमासमस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनु पर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई ‘ख’ वर्गको परिचय–पत्र उपलब्ध गराइनेछ । यो वर्गभित्र पर्ने अपाङ्गता भएका नेपाली नागरिकलाई निलो रङ्गमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिने भनिएको छ ।

(ग) मध्यम अपाङ्गताः कृत्रिम अङ्गहरूको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफै गर्न सक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपले हिँडडुल गर्नसक्ने शारीरिक रूपमा अपाङ्गताभएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढी औंला र चोरी औंला नभएका तथा कुर्कुच्चाभन्दा मुनिकोभाग नभएका, मेरुदण्ड समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू,श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्तश्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाटमात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवैप्रयोग गर्ने श्रवण दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्नीफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन ।

यो वर्गभित्र पर्ने अपाङ्गता भएका नेपाली नागरिकलाई पहेलो रङ्गमा निलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको छ । (घ) सामान्य अपाङ्गता ः शारीरिक अङ्गहरूमा सामान्य विचलन भएतापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केहीछोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔंला रचोरीऔंलाभएका, खुट्टाको औंलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएकासुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइ गर्न कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू‘घ’ वर्गमा पर्दछन्। यो वर्गभित्र पर्ने अपाङ्गता भएका नेपाली नागरिकलाई सेतो रङ्गमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको देखिन्छ ।

यसैगरी अपाङ्गता भएका नेपाली नागरिकलाई संरक्षण गर्नका लागि स्थानीय निकाय सरकार संञ्चालन ऐन २०७४ अनुसार स्थानीय निकायले अपाङ्गता समन्वय समिति मार्फत अपाङ्गता परिचय पत्र बितरण गर्ने ब्यवस्था गरेको छ । काभ्रेमा अपाङ्गता भएका नेपाली नागरिकलाई परिचय पत्रका लागि मेडिकल रिपोर्ट तयार गर्न नै समस्या भएको ईन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामाले बताउनु भयो ।
जिल्लामा अपाङ्गता सम्बन्धि विज्ञ, प्राविधिक अथवा जानकारी प्रप्त ब्यक्तीनहुँदा र अपाङ्गता मापन गर्ने प्रविधि नहुदा परिचय पत्र बितरणमा अप्ठ्यारो भएको देखिन्छ ।

काभ्रेमा पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा धेरै अपाङ्गता भएका ब्यक्तीहरु भए पनि करिब सात हजारले मात्र परिचय पत्र प्राप्त गरेका छन् । काभ्रेको १३ वटै स्थानीय तहमा परिचय पत्र बितरण भएको छैन । जिल्लाका केही पालिकामा ‘घ’ वर्गमा अथवा ‘ग’ वर्गका अपाङ्गता भएका ब्यक्तीहरुलाई राजनितिक आडमा ‘क’ वर्गमा अथवा ‘ख’ वर्गको परिचय पत्र उपलब्ध गराईएको अनुभव नेपाल अपाङ्ग महिला संघ काभ्रेका महासचिव पम्फा पूर्कोटीसंग छ । परिचय पत्र लिन सम्बन्धीत पालिकामा जनु पर्ने भएकाले ग्रामिण भेगमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तीहरु आफै जान नसकेर बोकेर लानु पर्ने समस्या भएकाले धेरै अपाङ्गता भएका ब्यक्तीहरुले परिचय पत्र बनाउन छुटेको छ ।

जिल्लाका केही पालिकाले परिचय–पत्र बितरण गर्ने कार्यक्रम समेत बनाएका पाईन्छ । काभ्रेमा रहेका स्थानीय तहमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा कर्मचारी नभएर अपाङ्गता भएका ब्यक्तीहरुको तथ्याङ्क र परिचय पत्र वितरणमा समस्या भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७९, २९ बैशाख बिहीबार  १२ : ५८ बजे

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः कस्ले के भने ?

काठमाडौं । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि

महरा पक्राउपछि गगनको सरकारलाई धन्यवाद, एमालेको माग सहि रहेछ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी

लालीगुराँसले ढकमक्क गौमुखी, पर्यटकको स्वागतमा तम्तयार

सलिम मियाअग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले

आज प्रतिनिधिसभाको बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन,

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको