२०८१, ८ बैशाख शनिबार

प्रचण्डलाई जीतनारायणको आग्रह : रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नदिनू

प्रचण्डलाई जीतनारायणको आग्रह : रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नदिनू

हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस्


चितवन २२ बैशाख  :  नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका नदिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् । ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निणर्य नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निणर्य गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले भने, ‘आदरणीय पुष्पकमल दाहाल ज्यूलाई भन्नै पर्छ हाम्रो पार्टीको सोझो सभापतिलाई, हाम्रो पार्टीको सोझो सभापति जे बोल्छ त्यै गर्नुहुन्छ । भोलिका दिनमा हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् । जे प्रतिबद्धता आजभन्दा पाँच वर्षपछि यहाँ आएर गरेका थियौं, तीन महिनापछि टुट्यो ।’

पार्टी नेतृत्वले निर्णय नगरेसम्म भरतपुरको मेयरका लागि पार्टीभित्र संघर्ष गरेको स्मरण गर्दै अब केन्द्रीय नेतृत्वबाट भएको निणर्य कार्यान्वयन गर्न आफूहरू लाग्ने श्रेष्ठको भनाइ थियो । उनले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेललाई पार्टी निणर्यमा लाग्न आग्रह गरे ।

श्रेष्ठले रेनु दाहाल नेतृत्वको गठबन्धनको टिमलाई जिताउन नेतृत्वको निर्देशनअनुसार लाग्ने पनि बताए । ’ सेनापतिले निर्देशन गर्‍यो, सेनापतिको निर्देशन मानिन्छ । यो गठबन्धनलाई हराउने तागत कसैले राख्दैन,’ उनले भने ।

चितवनमा माओवादी अध्यक्ष दाहालकी छोरीलाई मेयरको उम्मेदवारमा कांग्रेसले सहयोग गर्न नसक्ने भन्ने कांग्रेस नेतामध्येका श्रेष्ठ अग्रस्थानमा थिए । उनले विगतमा दाहालको चर्को आलोचना गर्दै आएका थिए । भरतपुरमा गठबन्धनबाट माओवादीकी दाहाल मेयरको उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ३ : २५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता