२०८०, १५ चैत्र बिहीबार

कोरोना सङ्क्रमण बढेपछि थप नयाँ थप प्रतिबन्ध : के-के गर्न पाइँदैन ?

कोरोना सङ्क्रमण बढेपछि थप नयाँ थप प्रतिबन्ध : के-के गर्न पाइँदैन ?


काठमाडौं २ माघ :   सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै देशैभर थप प्रतिबन्ध बढाएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न क्षेत्रहरू बन्द वा नियमन गर्ने आदेश जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार जानकारी दिए।

प्रवक्ता कार्कीले विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउने लगायतका निर्णय भएको जानकारी दिए।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ। धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भनिएको छ।

सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ मसान्तसम्म सञ्चालन नगर्ने।

गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने। साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ ७ गते पश्चात् त्यस्तो कार्यक्रममा खोप पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने व्यवस्था मिलाउने।

सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थक्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ १५ सम्म सञ्चालन नगर्ने।

विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने। त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई सञ्चालन गर्ने।

५ विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने। कुनै पनि सामान अनावश्यक रुपमा छुन नहुने। दुई व्यक्तिको बीचमा कम्तिमा दुई मिटरको दूरी कायम गर्ने। मास्क अनिवार्य गर्ने। पटकपटक साबुन पानीले हात धुने र स्यानिटाइज गर्ने गरी सञ्चालन गर्ने। जनस्वास्थ्यसँग सम्बन्धित मापदण्ड पालना गर्ने गराउने दायित्व सबन्धित व्यवस्थापक वा सञ्चालकहरुको हुने।

पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने।

रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने। उपस्थित दर्शकहरुमध्ये आयोजनाको खर्चमा एक तिहाइ दर्शकलाई र्‍यान्डम छनौटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने। २०७८ माघ ७ गते पश्चात त्यस्तो खेलकुद कार्यक्रम खोपको मात्र पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिने।

१० धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने।

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ९ : २३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय