२०८१, १० बैशाख सोमबार

कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

पौडेल–सिटौला पक्षबीच मतगणनास्थलमा दोहोरो भिडन्त ७ सेल अश्रु ग्यास,


काठमाडौं ७ मंसीर :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको उनले इकान्तिपुरलाई बताए ।

निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । पौडेल९सिटौला पक्षबाट गिरी मैदानमा छन् । यो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षले विजयी घोषणा गरी खुशी मनाइरहेका छ भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेको छ । ekantipur.com

 

प्रकाशित मिति : २०७८, ७ मंसिर मंगलबार  ९ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने