२०८१, ७ बैशाख शुक्रबार

बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै, आजै यी तीन मन्त्रीको शपथ

बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै, आजै यी तीन मन्त्रीको शपथ


काठमाडौं, ११ कात्तिक :   वागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा ( एस ) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् । पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

वागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । वागमती प्रदेशमा आज नै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भँडेलले सपथ लिँदैछन् । माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् ।

‘मन्त्रालयको विषय शपथ लिनु अघिसम्म टुंगोमा पुग्छ, अहिले यति नाम टुंगिएको हो’, उनले भने । ती नेताका अनुसार बाँकी मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : २०७८, ११ कार्तिक बिहीबार  १० : ४७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता