२०८१, १० बैशाख सोमबार

नेकपा माओवादी केन्द्रको सबै तहको सम्मेलन कार्यतालिका परिवर्तन

नेकपा माओवादी केन्द्रको सबै तहको सम्मेलन कार्यतालिका परिवर्तन


काठमाडौं, २ कातिक :   सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका परिवर्तन गरेको छ । आज  बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ’त्यस्तै, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका (गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका ) सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थपिएको छ ।’

माओवादीले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने भएको छ । प्रवक्ता महराले राष्ट्रिय सम्मेलनको मिति यथावत् रहेको बताए । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेका लागि तय गरेको छ ।

त्यस्तै, माओवादीले १४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको महराले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, २ कार्तिक मंगलबार  १२ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने