२०८१, १० बैशाख सोमबार

तेमालको विकासका लागि एमालेले जित्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

तेमालको विकासका लागि एमालेले जित्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा


काठमाडौँ २१ असोज । नेकपा एमालेका प्रभावशाली नेता, काभ्रे जिल्ला इन्चार्ज एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तेमालको द्रूत विकासका लागि एमालेले जित्नुपर्ने बताएका छन् । उनले तेमालमा भएका समस्याहरु औंल्याउँदै एमालेको नेतृत्व विना सवल र समृद्ध तेमाल बन्न नसक्ने दाबीसमेत गरे ।

बिहीवार काठमाडौँको कोटेश्वरमा नेकपा एमाले तेमाल–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा प्रखर वक्ता समेत रहेका नेता बाँस्कोटाले तेमालका जनताका लागि खानेपानी, विद्युत, मोटरबाटो विद्यालय निर्माणका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै समृद्ध तेमालका लागि नेकपा एमालेको सूर्य चिन्ह रोज्न तेमालवासीलाई आग्रह गरे । एमालेविरुद्ध लागेकाहरु विकासप्रेमी हुनै नसक्ने दलिल प्रस्तुत गर्दै नेता बाँस्कोटाले गुटफुट र विखण्डनतिर लागेकाहरु तेमालको विकास बिरोधी भएको आरोपसमेत लगाए । नेपाली कांग्रेसको नेतृत्वको तेमाल सरकारले बेरुजुको रेडर्क बनाइराखेका बेला आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेता बाँस्कोटाले समृद्धि तेमाल निर्माण एमालेको नेतृत्वमा बिना सम्भव नभएको ठोकुवा समेत गरे । उनले कार्यकर्ताहरुलाई उत्पादनको क्षेत्रमा लागेर जनताको मन जित्न सुझाव समेत दिए
यसैगरी कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य रेशम लामाले नेपाली काँग्रेस परिवर्तन र विकास विरोधी भएकाले युवाहरुलाई समृद्धि र विकासका लागि एमालेलाई रोज्न आग्रह गरे । नेकपा एमाले राष्ट्रवादी, विकास प्रेमी र स्पष्ट भिजन र लक्ष्य बोकेको पार्टी भएकाले एमालेको नेतृत्व विना विकास र समृद्धि सम्भव नै नहुने स्पष्ट पारे ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डेले जनताको बहुदलीय जनवादको आलोकमा बनेको नीति, सिद्धान्त र विचारले जितेमा मात्र तेमालको विकास सम्भव रहेको बताए । गत निर्वाचनमा पराजित हुँदा तेमालको पाँच वर्ष खेर गएको भन्दै कुनै भ्रम, लोपलालच र उक्साहटमा नलागी एमालेमा गोलबद्ध हुन आग्रह गरे । त्यस्तै उपसचिव ईन्द्र तामाङले शुभकामना मन्तव्य दिँदै काँग्रेसको समाजवादले तेमालको परिवर्तन असम्भव रहेको बताए । आगामी स्थानीय निर्वाचनमा एमालेको नेतृत्वमा तेमाल सरकार गठनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव हिरामान लामाले तेमालमा विकास निर्माणका लागि गरेको परिकल्पना प्रस्तुत गरे । युवा शक्तिको सक्रियता बिना तेमालको विकास र परिवर्तन असम्भव रहेको भन्दै उनले विकास निर्माणको स्पष्ट भिजनसमेत राखे । उनले तेमालमा सात पार्कको अवधारणासमेत अगाडि बढाए । तेमाललाई नयाँ रुप दिनका लागि डम्फु पार्क, फिल्म पार्क, रेन्जेन पार्क, अन्तर्राष्ट्रिय तामाङ पार्क, बुद्ध पार्क, तेमाल प्रवेश गर्ने बाह्रओटा गेट, तेमाल भ्यू टावर, तेमाल रंगशाला, तामाङ संग्रहालय, खैँजेडी संग्रहालय लगायतको भौतिक पूर्वाधार निर्माण गरी अगाडि अगाडि बढ्नुपर्ने बाटो औंल्याए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्दीय कोषाध्यक्ष जेनिस लामाले भकुण्डे तेमाल जाने मोटर बाटोको लागि केपी ओली सरकारले विनियोजन गरेको रकम काटेर काँग्रेसले तेमालवासीको अपमान गरेको बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्ञानबहादुर तामाङ, युवा संघ नेपालका उपमहासचिव योगेन्द्र लामा, केन्दीय सदस्य सत्यमान लामा, एमाले काभ्रेका युवा नेताहरु ईन्द्रमान लामा, गणेश लामा, नरध्वज लामा लगायतले शुभकामना व्यक्त गरेका थिए । काठमाडौको कोटेश्वर स्थीत गौरीशंकर पार्टी प्यालेसमा भएको कार्यक्रममा एमालेका यूवा नेता,पत्रकार एवं नेपाल टेलिभिजनका महानिर्देशक फुलमान बललाई सम्मान समेत गरेका थिए ।

नेपाल–काठमाडौँ सम्र्प मञ्चको अध्यक्षमा देवसिं तामाङ

नेकपा एमाले तेमाल–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तेमाल–६ ठूलोपर्सेलका देवसिं तामाङ चयन भएका छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय तामाङ केही समय राजनीतिको पर्दा पछाडि रहे पनि फेरि तेमालको समृद्ध र विकासमा हातमालो गर्न नेतृत्वदायी भूमिकामा आएका छन् । महेन्द्र रत्न क्याम्पस ताहचलका पूर्व स्ववियू सदस्य समेत रहेका तामाङले सामाजिक सञ्जालमार्फत् आफूलाई नेकपा एमाले तेमाल–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा चयन गरेकामा आभार व्यक्त गर्दै पार्टीको विधानको परिधिमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । तामाङको नेतृत्वमा गठित ३२ सदस्यीय सम्पर्क मञ्चको उपाध्यक्षमा जगत लामा, सचिवमा मुकुन्द मैनाली चयन भएका छन् ।।

प्रकाशित मिति : २०७८, २१ आश्विन बिहीबार  १० : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने