२०८१, ७ बैशाख शुक्रबार

आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना गिरफ्तार

आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना गिरफ्तार


काठमाडौं ८ असोज  :  एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पूर्व आईजीपी मोतिलाल बोहराको निवास सहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट भोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले काभ्रेका यमबहादुर तामाङ, देव तामाङ, मिलन दुलाल, समिर तामाङ, उर्फ वादशाह, रामेछापका सञ्जीव खड्का, शंकर कठायत, निरज नेपाली, हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, सुनसरीका मोहित दाहाल र झापाका प्रदिप यादवलाई पक्राउ गरेको हो ।काभ्रे घर भएका देव तामाङको योजनामा उनीहरुले विगत ३ वर्षदेखि काठमाडौंका विभिन्न स्थानबाट एभोकाडो चोर्दै आएको प्रहरी अनुसन्धानबाट जानकारी प्राप्त भएको छ ।

दुई समूहमा रहेका आरोपीहरुले बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट चोरी गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न समूहले राती घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो ।

प्रकाशित मिति : २०७८, ८ आश्विन शुक्रबार  ८ : १३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता