२०८१, १२ बैशाख बुधबार

२४ घण्टामा थप ९११ जनामा कोरोना, १ हजार ४२३ निको, १३ को मृत्यु

२४ घण्टामा थप ९११ जनामा कोरोना, १ हजार ४२३ निको, १३ को मृत्यु

५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण खोप


काठमाडौँ, २७ भदौ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८७८ र एन्टिजेन विधिबाट ३ हजार १४० एन्टिजेन परीक्षण गरिएकोमा ९११ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६३ हजार ८५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ जना रहेको छ ।

मन्त्रालयका अनुसार ४५४ संक्रमित आइसीयुमा छन् भने १४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५७ लाख ७३ हजार ६१२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने