२०८१, १० बैशाख सोमबार

राजेन्द्र पाण्डे बने वागमतीमा नेकपा (एस)का संसदीय दलको नेता

राजेन्द्र पाण्डे बने वागमतीमा नेकपा (एस)का संसदीय दलको नेता


हेटौंडा, २७ भदौं  :  नेकपा ९एकीकृत समाजवादी० ले वागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको छ । आज ९आइतबार० बसेको पार्टीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेता चयन गरेको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

निर्वाचन आयोगले वागमती प्रदेशमा दलको मान्यता दिएपछि दलको नेता चयन गरिएको हो । वागमतीमा एकीकृत समाजवादीका १३ सांसदले मान्यता पाएका छन् । त्यस्तै अरू दलको बैठक भोलि बसेपछि प्रदेशमा नयाँ सरकार गठनका विषयमा निर्णय हुने उनले बताए ।

मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय

नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।

बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने