२०८१, १० बैशाख सोमबार

एमालेको नारावाजीपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

एमालेको नारावाजीपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस


काठमाडौं, २३ भदौं  :  संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रो पटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सिर्जना भएको बताएका थिए ।

लगत्तै संसद बैठक १५ मिनेटका लागि रोकिएको थियो । पुनः सभामुख सापकोटाले बैठक सुरु गरे पनि सांसदहरुले अवरोध गरे । नारावाजीसहित रोष्ट्रम घेरेपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गरेका थिए । तर, एमाले सांसदहरुको लगातारको अवरोधपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।

प्रकाशित मिति : २०७८, २३ भाद्र बुधबार  ६ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने