२०८१, ६ बैशाख बिहीबार

सरकारको मास्क अभियान : प्राकृतिक स्रोत द्धन्द रुपान्तरणको सहयोग

सरकारको मास्क अभियान : प्राकृतिक स्रोत द्धन्द रुपान्तरणको सहयोग


धुलिखले २७ साउन  :  नेपाल सरकारको मास्क अभियान कार्यक्रमलाई प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले मास्क हस्तान्तरण गरी सहयोग गरेको छ । काभ्रेको धुलिखेल बसपार्कबाट शुरु भएकोे मास्क खोई अभियानका लागि दुईहजार प्रति मास्क प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, र प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई संस्थाका क्षेत्रिय संयोजक रीता मानन्धरले साउन २६ गते हस्तान्तरण गर्नुभएको थियाे ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले संचालन गरेको मास्क अभियानलाई संस्थाले मास्क दिएर सहयोग गरेकोमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमरा झाले संस्थालाई धन्यवाद दिनु भयो । कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण आएकाले संक्रमणबाट जोगिन घरबाट निस्कनु अघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन प्रमुख डाक्टर झाले सबै नागरिकलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लनामा भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागूगर्न जिल्लाका सबै राजनीतिक दल, सहकारी,बैक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई आग्रह गर्नुभयो । आवश्यक परेको बेला बाहिर निस्कदा मास्कको सही प्रयोग गरे सङ्क्रमण नहुने भएकाले मास्कको सही रुपमा प्रयोग गर्न नागरिकलाई जनचेतना जगाउने उदेश्यले यो अभियान संचालन गरेको प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताउनु भयो ।

जिल्ला कारागारमा मास्क वितरण

प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले जिल्ला कारागरमा २०७८ साल साउन २७ गते मास्क वितारण गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले संचालन गरेर्को मास्क खोई’ अभियानलाई सहयोग गर्ने उदेश्यले एक हजार प्रति मास्क वितरण गरेको हो ।
माक्स वितरण कार्यक्रममा कारागार प्रमुख गायित्रीप्रसाद अधिकारीले सरकारले संचालन गरेकाे  मास्क खोइ’ अभियान लिएर जिल्ला कारगारलाई मास्क वितरण गर्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो । जिल्ला कारागारमा थुनुवा एक सय पाँच र कैदीबन्दी एक सय सत्ताई गरी २ सय ३२ जनालाई रहेका छन् ।
कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका क्षेत्रिय संयोजक रीता मानान्धरले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न संस्थाले जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री बितरण गरिदै आईरहेको बताउनु भयो ।

 

 

प्रकाशित मिति : २०७८, २७ श्रावण बुधबार  ७ : ५८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता