२०८१, १२ बैशाख बुधबार

पछिल्लो २४ घण्टामा २,०५० ले जिते कोरोना, २,२३७ नयाँ थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,०५० ले जिते कोरोना, २,२३७ नयाँ थपिए, १८ जनाको मृत्यु


काठमाडौं, १० साउन :  नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २,२३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज संक्रमण दर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ ।

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ । यस्तै आज काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १० श्रावण आईतबार  ९ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने