२०८१, १३ बैशाख बिहीबार

बालिका बलात्कारको अरोपमा २३ वर्षीय चौलागाई गिरफ्तार

बालिका बलात्कारको अरोपमा २३ वर्षीय चौलागाई गिरफ्तार


धलिखेल ७ असार :  १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय जयराम चौलागाईंलाई प्रहरीले गिरफ्तार गरेको छ । चौलागाईंलाई काठमाडौं सुन्धाराबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना डिएसपी दीपक गिरीले बताउनुभयो ।

डिएसपी गिरीका अनुसार धुलिखेल–८ कै १५ वर्षीया बालिकालाई भक्तपुर नगरपालिका–४ स्थित एक गेष्ट हाउसमा लगी बलात्कार आरोप छ । बालिका गत असार ५ गते बिहान १० बजेदेखि धुलिखेलबाट हराएकी थिइन् । आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा छोरी हराएको निवेदन दिएकी थिईन । निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंंको टोलीले हिजो ती किशोरीलाई सुन्धारामा फेला पारेका थिए ।
बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईंले ललाइफकाई घुम्न जाउँ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्ट हाउसमा लगेर डर देखार बलात्कार गरेको बताएकी प्रहरीको भनाइ छ । बालिकाको वयानको आधारमा उनकी आमाले महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएको र सोही आधारमा चौलागाईंलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान गर्दै पक्राउ परेका चौलागाईंलाई कानुनी कारवाहीको प्रक्रिया चलिरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८, ७ असार सोमबार  ७ : ५९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने