२०८०, १६ चैत्र शुक्रबार

काभ्रेमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, चारजनाकाे उपचार हुदै

काभ्रेमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, चारजनाकाे उपचार हुदै


धुलिखेल १९ जेठ :  काभ्रेको धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर–८ पकुचामा बस्ने थामी परिवारले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको हो । मृत्यृ हुनेमा ४३ बर्षका नरबहादुर थामी र २५ बर्षका विमला थामी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनुभयो ।

दोलखा जिल्ला बैत्तेश्वर गाउँपालिका–६ स्थायी घर भएका थामी परिवार केहि बर्षदेखि धुलिखेल ८ पकुचामा बस्दै आएका थिए । जंगली च्याउ खाएका सोहि परिवारका २९ बर्षका पूर्ण थामी,२७ बर्षका सुर्य थामी, १९ बर्षका कृष्ण थामी र ६२ बर्षका रामबहादुर थामीको उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ४२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय