२०८१, १० बैशाख सोमबार

कुन राशिका व्यक्ति कुन क्षेत्रमा सफल हुन्छन् (हेर्नुहोस्)

कुन राशिका व्यक्ति कुन क्षेत्रमा सफल हुन्छन् (हेर्नुहोस्)


कुनै पनि मानिस जन्मँदै गर्दा यस अन्तरिक्षमा आ(आफ्नो अक्ष वा कक्षमा घुम्ने ग्रह, नक्षत्र, राशि, योगिनी ग्रह तथा अन्य थुप्रै ताराहरुको प्रभाव पर्दछ । ग्रहको प्रभाव प्रत्येक व्यक्ति तथा राशि अनुसार फरक(फरक हुने गर्दछ ।

मेष, बृश, थुन, कर्कट, सिंह,कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि हुन्छन् । राशि अनुसार व्याक्तिको स्वाभाव,गुुण र उनीहरुले गर्ने कामहरु पनि फरक फरक हुने गर्दछ ।
जस्तै मेष राशिलाई जे काम गर्न मन पर्दछ बृष राशिलाई त्यो काम मन पर्दैन वा स्वाभाव फरक हुन्छ । आज हामी तपाईँहरुलाई राशि अनुसार मानिसको स्वाभाव र कुन राशिका मानिसहरु कुन क्षेत्रमा सफल हुन्छन् वा राशिअनुसार मानिसको रुचि के हुन्छ त्यसको व्याख्या गर्न गईरहेका छौँ ।

मेष – मेष राशि अन्तरिक्षमा ० डिग्री देखि ३० डिग्रीमा अवस्थित पहिलो राशि जसको मालिक मंगल हो । मेष राशि हुने मानिसहरु मध्यम उचाई, मजबुज मांशपेशी, तिखा आँखा तथा गहुगोरो बर्णका हुन्छन् । स्वभावत मेष राशिका मानिसहरु सधैँ सक्रिय, महत्वकाँक्षी,साहशी तथा स्वतन्त्र, बैज्ञानिक बिचारधाराको प्रतिनिधित्व गर्ने खालका हुन्छन् । मंगल ग्रहलाई राज्यमा फौजी तथा सेनापतिको दर्जा दिएको छ । मेष राशिका मानिसहरुमा साहश, पराक्रम तथा अत्याधिक उर्जा हुने हुनाले यिनीहरु सेना, प्रहरी ,डाक्टर, पाईलट, फलाम सम्बन्धी कामहरु, होटल रेष्टुरा तथा जमिन तथा माटोको ब्याबसायमा सफल भएको पाईन्छ । नेतृत्व लिने क्षमता अत्याधिक हुने हुनाले स्वभावत घमण्डी तथा कडा स्वाभावका हुन्छन् । कुनै पनि काम शुरु गरेपछि त्यसलाई फत्ते गर्नै पर्छ भन्ने मान्यता राख्ने स्वभाबका कारण जीवनमा यिनीहरु सफल हुन्छन् ।

बृष – बृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको अन्तरिक्षकामा ३० डिग्री देखि ६० डिग्रीको बीच अवस्थित दोस्रो राशि हो । बृष राशि हुने मानिसहरु घमण्डी तथा महत्वकांक्षी, सामान्यत मोटो शरीर तथा सुन्दर आँखा भएका हुन्छन् । बृष राशिको मालिक शुक्र भएकाले शुक्र सुन्दरता तथा प्रेमको प्रतिक पनि हो । राम्रो लाउन तथा मिठो खानका सौखिन भएकोले यिनीहरु खर्चालु स्वाभावका हुन्छन् । यिनीहरु अरुभन्दा सुन्दर ,मायालु स्वभाव तथा कामुक हुन्छन् । राज्यमा शुक्रलाई मन्त्रीको पद प्राप्त भएकोले पर्यटन, कमर्श,वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रमा विशेष रुचि राख्ने खालमा हुन्छन् । गीत संगीतमा विशेष रुचि हुने यिनीहरु चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिल्म,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासी जीवन ब्यातित गर्ने स्वभावका हुन्छन् ।

मिथुन – मिथुन राशि अन्तरिक्षमा ६० डिग्री देखि ९० डिग्रीको बीचमा अवस्थित, वायू तत्व प्रधान राशि हो । मिथुन राशि हुने मानिस लामो तथा पातलो शरीर भएका र उनीहरुको शरीरमा स्पष्ट नशाहरु देख्न सकिन्छ । विशेष गरि गणित तथा बिज्ञान बिषयमा रुचि राख्दछन् । बुधग्रह मुलत बाणीसँग सम्बन्ध राख्दछ । मिथुन राशि हुने ब्यक्तिहरु कुराकानी गर्दा मिलायर, शब्द चयन गरेर बोल्ने हुन्छन् । शब्दको उत्पति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न बायूको आवश्यकता पर्दछ । बायू तत्व राशि भएकोले शब्द जाल बुन्न, गहिरोगरी शब्द केलाउन अनि शब्दलाई खेलाउन यिनीहरु माहिर हुन्छन् । आफ्ना कुराहरु सजिलै सरल भाषामा अरुलाई बुझाउन सक्ने क्षमता यिनीहरुमा हुन्छ । बोल्नमा माहिर हुने हुनाले तार्किक माध्यमद्वारा विवाद सुल्झाउन तथा परिस्थितिलाई आफ्नो पक्षमा तत्काल पार्दछन् । मिथुन राशिका मानिसहरुले सञ्चार जगतमा राम्रो नाम कमाउँदछन् त्यसैगरी सूचना प्रविधि, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चेञ्ज,चार्टर एकाउन्टेण्ट, ब्यापार ,हास्य ब्याङग्य कलाकार, लेखक, साहित्यकार,राजदूत तथा चलचित्र क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्दछन् ।

कर्कट – अन्तरिक्षमा ९० डिग्री देखि १२० डिग्रीमा अवस्थित जल तत्व प्रधान कर्कट राशि जसको मालिक चन्द्रमा मानिन्छ । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनैबाट बिचारहरु उत्पन्न हुन्छन् । जल तत्व प्रधान भएकोले यिनीहरुको मन तथा स्वभाव चंचल हुन्छ तसर्थ कला, साहित्य, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि पेशा ब्यावसायमा सफल हुन्छन् । जल तथा केमिकलसँग सम्बन्ध राख्ने हुनाले यिनीहरु मेडिकल लाइनमा पनि आफूलाई स्थापित गर्न सक्दछन् । जल तत्व प्रधान भएकाले पानी सँग सम्बन्धित पेसा जस्तै जलसेना, हाइड्रो ईन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतीपाति, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रशासनिक क्षेत्रमा यिनीहरुको कार्यकुशलता प्रशंसायोग्य मानिन्छ ।

सिंह – अन्तरिक्षमा १२० डिग्री देखि १५० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान सिंह राशि जसको मालिक सूर्य मानिन्छ । सूर्य भनेकै उर्जा तथा अग्निको स्रोत हो । सिंह राशि भएका मानिसहरु अत्यन्तै कडा स्वाभाव तथा कडा बोलिका हुन्छन् । यो राशिका मानिसको प्रमुख गुण भनेको वैचारिक स्थिरता हो । अली घमण्डी स्वभावका यिनीहरु अरुलाई तुरुन्त प्रभावमा पारेर काम लिन सक्दछन् । यिनीहरु जव आफ्नो मार्ग लिन्छन् वा केही गर्न अठोट गर्दछन् तब सम्पूर्ण शक्ति लगाएर पुरा गरेरै छाड्छन् । सूर्यलाई राज्यमा राजा तथा राजनीतिको प्रमुख पद प्राप्त भएकोले कुशल नेतामा हुनुपर्ने गुण यिनीहरुमा हुन्छ । प्रशासनिक कार्य,सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च अनि अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा सिंह राशि भएको ब्यक्तिहरु चर्चित हुन्छन् ।

कन्या – अन्तरिक्षमा १५० डिग्री देखि १८० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान कन्या राशि जसको मालिक बुध मानिन्छ । बुधले बुद्धि,बिबेक र तर्कलाई विशेष गरि प्रतिनिधित्व गर्दछ । त्यसैले कन्या राशि भएका मानिसहरु बुद्धि र तर्कको सहायताले मानिसलाई बसमा पार्दछन् । यिनीहरु हरेका कार्य बुद्धि लगाएर चतु¥याईपुर्वक सम्पन्न गर्दछन् । ब्यापार ब्याबसाय, लेखन, कलासाहित्य तथा सबैखाले प्राविधिक पेशामा कन्या राशि भएका ब्यक्तिहरुले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरु कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा ब्याबसायमा निकै जम्दछन् । पृथ्वी तत्व भएकाले यिनीहरु गम्भीर स्वभावका, सहनशीता, लज्जा गहनाकै रुपमा हेर्न पाइन्छ ।

तुला – अन्तरिक्षमा १८० डिग्री देखि २१० डिग्रीमा अवस्थित वायू तत्व प्रधान तुला राशि जसको स्वामी शुक्र मानिन्छ । तुला राशि हुने मानिसहरु सामान्यत लामो शरीर, सफा स्किन,चौडा फेस,सुन्दर आँखा, मधुर मुस्कान, पातलो हात खुट्टा र अधिक उमेर हुँदा पनि कम उमेर जस्ता देखिने खालका हुन्छन् । स्वाभावत यिनीहरु सकारात्मक विचारधारको प्रतिनिधित्व गर्ने आदर्शवादी हुन्छन् । कला साहित्य तथा गीत संगीत, मोडलिङ पेशा ब्याबसायमा यिनीहरुको चासो हुन्छ । यिनीहरु फिल्म, नृत्य, लेखन क्षेत्रमा पनि दख्खल राख्दछन् । म्यानेजर,कूटनिति, परराष्ट्र,राजनिति,राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि ईन्जिनियर, खगोलबिज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिजाजस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्दछन् ।

बृश्चिक – अन्तरिक्षमा २१० डिग्री देखि २४० डिग्रीमा अवस्थित जल तत्व भएको, स्थिर स्वभावको अत्यन्त महत्वपूर्ण राशि बृश्चिक । जसको स्वामी मंगल हो । स्वभावत यिनीहरु महत्वकांक्षी, ब्याबहारिक, अस्थिर मानशिकता, उत्तेजना फैलाउन माहिर हुन्छन् । यसले शरीरको अङ्गमध्ये ज्ञानेन्द्रीयको प्रतिनिधित्व गर्दछ । जल तत्व राशि भएको हुनाले पानीसँग सम्बन्धित कामहरु जस्तै माछापालन, हाँसपालन,जनसेना, हाईड्रो ईन्जिनियर, पौडीबाज जस्त क्षेत्रमा विशेष दख्खल राख्दछन् । त्यस्तै कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा यिनीहरुले सफलता पाउँछन् । आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवबिज्ञान तथा समुन्द्रसँग सम्बन्धित कार्यहरुमा यिनीहरुले छिटो प्रगति गर्दछन् ।

धनु – अन्तरिक्षमा २४० डिग्री देखि २७० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान धनु राशि जसको स्वामी बृहस्पति हो । अग्नि राशि भएकोले धनु राशिका मानिसहरु कामप्रति भन्दा परिणाम प्रति सचेत हुन्छन् । गोरो रङ,लामो शरीर,मिलेका दात,मधुर मुस्कान तथा मोटो शरीर भएका यिनीहरु साहशी दार्शनिक,मानवतापूर्ण मनोवृत्ति, कठिन परिस्थितिमा पनि सही निर्णय लिन माहिर हुन्छन् । यिनीहरु अध्ययनशील,स्पष्ट बक्ता, धर्मकर्ममा आस्था राख्ने खालका हुन्छन् । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्दछन् ।

मकर – अन्तरिक्षमा २७० डिग्री देखि ३०० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान मकर राशि जसको मालिक शनि हो । यी राशिका मानिसहरु बच्चा बेलामा कमजोर शरीर भएपनि युवा अवस्थामा उल्लेख्य सुधार भई बलवान हुन्छन् । लामो तथा स्वस्थ्य शरीर, ठुलो अनुहार, साहशी, दुख शुख दुबे सहने खालका हुने यिनीहरु समय तथा परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने हुन्छन् । लामो संगतपछि मात्र कसैलाई विश्वास गर्दछन् भने सामान्यत इमान्दार,हितैसी, बिस्वासयोग्य भए पनि अलि बढीनै निराशावादी हुन्छन् । यो राशि भएका ब्यत्तिहरु कुनै काम सुरुमा असफलता बेहोरे पनि अन्ततगोत्वा मनले चिताएको गन्तब्यमा पुगेरै छोड्छन् । न्यायाधीश, ईन्जिनियर, ब्याबस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तीय संस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त गर्दछन् । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा यिनीहरु सबै भन्दा चाँडै पुग्दछन् ।

कुम्भ– अन्तरिक्षमा ३०० डिग्री देखि ३३० डिग्रीमा अवस्थित वायु तत्व प्रधान, स्थिर स्वभावको कुम्भ एक रहस्यमय राशि हो । यसलाई मानबवताबादी राशि पनि भनिन्छ । कुम्भ राशि भएका मानिसहरु मिठो बोली भएका, अरुको भावना तत्काल बुझ्ने तथा सदैब सहयोगी भावनाका हुन्छन् । यिनीहरु सञ्चार, कम्प्युटर, बिज्ञान तथा प्रबिधि, रिसर्च, ज्योतिषि, प्राबिधिक कार्यजस्ता क्षेत्रमा अत्याधिक सफल हुन्छन् । यिनीहरु कुनै पनि कार्य गरेपछि समाप्त गरेपछि मात्र बिश्राम लिन्छन् । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भूउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लागेर राम्रो सफलता प्राप्त गर्दछन् ।

मीन – अन्तरिक्षमा ३३० डिग्री देखि ३६० डिग्रीमा अवस्थित, जल तत्व प्रधान,दोहोरो स्वभावको अन्तिम राशि मीन जसको स्वामी बृहस्पति हो । सामान्य तथा कम उचाई मोटो शरीर भएका धार्मिक तथा दार्शनिक बिचारका हुन्छन् । यिनीहरु अरुबाट तुरुन्त प्रभावित हुन्छन् । मीन राशि भएका ब्यत्तिहरु थोरै मेहनेतबाट अत्याधिक सफल हुने गर्दछन् । जल राशि भएको कारणले यिनीहरु इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा यिनीहरु अब्बल हुन्छन् ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  १० : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने