२०८१, ८ बैशाख शनिबार

२५ वर्षीया महिलाले एकैपल्ट जन्माइन् नौं सन्तान

२५ वर्षीया महिलाले एकैपल्ट जन्माइन् नौं सन्तान


काठमाडौं  २२ बैसाख  :    मालीकी एक महिलाले एकै पटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सात वटा भ्रण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।

सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।

‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् । एजेन्सी

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ३ : २३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता