२०८१, ६ बैशाख बिहीबार

प्रेस चौतारी नेपाललाई उग्रतिर्थ र सुन्दरबस्ती सहकारीको आर्थिक सहयोग

प्रेस चौतारी नेपाललाई उग्रतिर्थ र सुन्दरबस्ती सहकारीको आर्थिक सहयोग


धुलिखेल २० बैशाख  :  अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर उग्रतिर्थ र सुन्दरबस्ती सहकारीले प्रेस चौतारी नेपाल काभ्रे शाखालाईलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रेस चौतारी नेपालले स्थापना गरेको ‘कोभिड १९ कोरोना भाईरस संक्रमण मुक्त कोष’ लाई बिस हजार रुपैया सहयोग रकम हस्तानतरण गरेको हो ।
उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका अध्यक्ष मोहन गजुरेलले १० हजार रुपैया र सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिं. पनौती काभ्रेका प्रवन्ध निर्देशक रोशन चौलागाईले १० हजार रुपैया सहयोग रकम प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी र कोषाध्यक्ष लक्ष्मण तिमल्सीनालाई हस्तान्तरण गर्नुभएको हो । प्रेस चौतारी नेपाल काभ्रेले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रिर्पोटिङमा खटिने संगठनका सदस्यहरुलाई सहयोगका लागि २ लाख बराबरको अक्षयकोष स्थापना गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनु भयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका सचिव शान्तमणि रिजालले सहकारी समुदाय सहयोग कार्यक्रम अन्तरगत रहेर कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारहरुलाई सहयोग गरेको बताउनु भयो ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ४ : १० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता