काठमाडौं, १६ बैसाख : काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ ।
काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि बुधबार बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्को एक हप्ता निषेधाज्ञा जारी गरिनेछ ।
प्रतिक्रिया