२०८१, २३ मंसिर आईतबार

एमालेमा ओलीले चलाए कारबाहीको डण्डा

एमालेमा ओलीले चलाए कारबाहीको डण्डा

माधव नेपाल र भीम रावल ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित


काठमाडौँ, १६ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाहीको डण्डा चलाएका छन् । नेताद्वयले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष ओलीले नेता नेपाल र रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

नेता नेपाल र रावलमाथि पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गरेको आरोप लगाइएको छ । अध्यक्ष ओलीले स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।

निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै अध्यक्ष ओलीले नेताद्वयलाई अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

यस्तो छ निलम्बन–पत्रको व्यहोरा

तपाई माधवकुमार नेपाललाई मिति २०७७/१२/०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईले २०७७/१२/१२ मा पार्टीमा पेश गर्नुभएको स्पष्टीकरणको जवाफमा देहाय वमोजिम देखियो :

१. तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षत विक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्रता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

२. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुल त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार, आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति स्पष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्टरुपमा थप पुष्ट भएको ।

३. आपराधिक क्रियाकलापहरु स्वीकार्ने , भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।

४. तपाईले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिईरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता र आफ्ना लगत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको ।

५. यस्तै गतिविधि कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ ( संशोधन २०७१ समेत) को धारा ४९(ख) वमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्वन गरिएको छ ।

तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्वन अवधिको वीचैमा पनि निलम्वनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि वीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

स्पष्टीकरण नबुझाइ बसेका नेताद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई फेरि स्पष्टीकरण सोधिएको छ । यी दुई नेतालाई पनि तत्कालै निलम्बन गर्ने तयारी अध्यक्ष केपी ओलीले गरेका छन् । संसदीय दलको बैठकमा सहभागी भएको र स्पष्टीकरण पनि नबुझाएकाले अध्यक्ष ओली पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ । आत्माआलोचना सहित गल्ती महसुस गरेर स्पष्टीकरण नबुझाए यी दुई नेतामाथि पनि कारबाही डण्डा चल्ने ओलीनिकट स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७, १६ चैत्र सोमबार  ९ : २५ बजे

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौं ।  काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु

काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा शुरु

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव