२०८१, १३ बैशाख बिहीबार

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट

८ जना घाइते, एक जनाको अवस्था गम्भीर


सिरहा १ चैत्र । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट परी ८ जना घाइते भएका छन् । कार्यालयको माथिल्लो तलामा आइतवार मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

गम्भीर घाइते भएका दिनेश भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटना स्थलमा गणतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा फेला परेको छ । घटना भएको केही समयपछि नै मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्तिमार्फत घटनाको जिम्मेवारी लिएका छन् ।।

प्रकाशित मिति : २०७७, १ चैत्र आईतबार  १० : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने