२०८१, ४ बैशाख मंगलबार

विप्लवसँग एकै दिन दुई चरणको वार्ता

विप्लवसँग एकै दिन दुई चरणको वार्ता

दुवै पक्ष समान धारणा नजिक : भट्टराई


काठमाडौँ, २० फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता विषयवस्तुमा प्रवेश गरेको छ । बुधबार बिहान पहिलो चरणमा भएको वार्तापछि साँझ पुनः दोस्रो चरणमा भएको वार्ता विषयवस्तु केन्द्रित भएको हो ।

दोस्रो चरणको वार्तापछि सामाजिक सञ्जालमार्फत् सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता विषयवस्तु केन्द्रित रहेको उल्लेख गरेका हुन् । उनले दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्,’ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सा‘झ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

यसअघि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच भएको पहिलो चरणको वार्तामा आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न विप्लव समूहका वार्ता टोलीका सदस्यहरुले शर्त राखेका छन् ।

त्यस्तै सरकारी वार्ता टोलीका सदस्यले चन्द समूहसँग भएका हातहतियार राज्यलाई बुझाएपछि मात्रै वार्ता प्रक्रिया सहज हुने शर्त अघि सारेका छन् ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, र केन्द्रीय सदस्य उदय चलाउने सहभागी थिए । सरकार र चन्द समूहले मंगलबार मात्र आआफ्ना तर्फबाट वार्ता टोली बनाएको घोषणा गरेका थिए । सरकारले २०७५ फागुन २८ गते चन्द समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  १० : ०९ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता