२०८०, १५ चैत्र बिहीबार

प्रचण्ड र माधव समूहलाई प्रधानमन्त्रीको चुनौती : अविश्वासको प्रस्ताव पास गरेर देखाउ

प्रचण्ड र माधव समूहलाई प्रधानमन्त्रीको चुनौती : अविश्वासको प्रस्ताव पास गरेर देखाउ

‘मिस्टर कम्फर्टेबल’ र ‘मिस्टर हेल्लो’ को संज्ञा


झापा, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापाको आफ्नो निर्वाचन क्षेत्रमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भए पनि आफूलाई कुनै फरक नपरेको दाबी गरेका हुन् ।

आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले मुद्दा लडेर संसद ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’ प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पासै भइहाले पनि चुनावबाट दुई तिहाई नेतृत्वको सरकार बनाउने दाबीसमेत गरे ।

प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको र प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा नेपाली कांग्रेस, जसपा र आफ्नो समूह मिलेर सरकार बनाउँदा छिमेकी मुलुक भारतलाई पनि ‘कम्फर्टेबल’ हुने अभिव्यक्ति दिएकोप्रति प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै प्रचण्ड र माधव नेपाललाई ‘मिस्टर कम्फर्टेबल’ र ‘मिस्टर हेल्लो’ को संज्ञा दिए ।

संसद पुनस्र्थापना भएपछि चितवनको सभा छाडेर आफूलाई हटाउन दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आग्रह गरेकोप्रति पनि कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने ‘प्रभु ! संसद पुनस्र्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

प्रधानमन्त्री ओलीले आफैले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव समूहसँग पनि छिट्टै सहमति हुने खुलासा गरे । प्रधानमन्त्री ओलीले भने ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समाधान गर्नेछौं ।’

 

प्रकाशित मिति : २०७७, १६ फाल्गुन आईतबार  ९ : १५ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय