२०८१, १० बैशाख सोमबार

राससका पत्रकारले कालोपट्टीबाँधेर काम गर्ने

राससका पत्रकारले कालोपट्टीबाँधेर काम गर्ने


काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीविपत्रकारको हकअधिकारको स्थायित्वगर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुखहुने अबस्थासिर्जना गराएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) माकार्यरत श्रमजीविपत्रकार आन्दोलितभएका छन् । गएको साउनदेखि नै विभिन्नमाग राखेर पटकपटक मौखिक र लिखित रुपमाध्यानाकर्षण गराउँदापनि राससका अस्थायी–करार ज्यालादारीमाकार्यरत श्रमजीविपत्रकारकामाग पुरा गराउनव्यवस्थापनले अटेरी गरी पेशा नै गुमाउनुपर्ने अबस्थासिर्जना गरेकाले बाध्यभएर आन्दोलिनहुनु परेको पिडित पत्रकारले बताएका छन् ।

पहिलो चरणमा माग पुरा गराउन साङ्केतिक रुपमाआन्दोलनकाकार्यक्रम सार्वजनिक गरी ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि आज बसेको श्रमजीविपत्रकारको संयुक्त संघर्ष समितिको बैठकले विहिबारदेखि दोस्रो चरणको आन्दोलनगर्ने घोषणा गरेको संयोजक रमेश गिरीले जानकारी दिनुभयो । यसअघि फागुन ६ गते पहिलो चरणको आन्दोलन घोषणा गर्दै उनीहरुले फागुन७गते राससको हिरक महोत्सवमा सहभागितानजनाउने निर्णय गरी साङ्केतिकविरोध गर्दै माग पुरा गराउनपाँचदिनको समयसिमादिएकाथिए । तर त्यसमाव्यवस्थापनले कुनै सुनुवाई नगरेपछि बाध्यभएर आन्दोलनकाकार्यक्रम सार्वजनिकगर्नुपरेको संयोजकगिरीले बताउनुभयो ।

सञ्चार मन्त्रालयले राससमाकार्यरत श्रमजीविपत्रकारकामाग सम्बोधनगर्न रासस व्यवस्थापनपक्षलाई पटकपटक निर्देशनदिएपनिव्यवस्थापनपक्षले त्यसलाई लत्याउँदै आएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्रीपार्वत गुरुङले श्रमजीविपत्रकारको माग सम्बोधन गरेर मात्रै अन्यप्रक्रिया अघि बढाउन निर्देशनदिएपनिव्यवस्थापनपक्षले अटेरी गरेर पदपूर्ति प्रक्रिया अघि बढाएकोमापत्रकारले आपत्तीजनाएका छन् । मन्त्री गुरुङले पत्रकारसँग भएको छलफलमा समेत स्थायित्वको सुनिश्चिततागरिने आश्वासनदिनुभएको थियो । राससको हिरक महोत्सवकाक्रममाउहाँले तत्काल समस्या समाधानगर्न व्यवस्थापनलाई निर्देशनदिँदै समेत दिनुभएको थियो ।

समितिका संयोजकगिरीकाअनुसार दोस्रो चरणको आन्दोलनअन्तरगत रासस केन्द्रीयकार्यालयमाफागुन १३ र १४ गते कालोपट्टीबाँधेर कामगर्ने, फागुन १५ र १६ गते कालो मास्कलगाएर प्रदर्शन गर्ने र फागुन १७गते रासस केन्द्रीयकार्यालयमाधर्ना दिनेलगायतकाकार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले आन्दोलनको जानकारी नेपालपत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस युनियन नेपाललगायत सञ्चारसँगसम्बन्धित संघसंगठनलाई समेत दिइसकेका छन् ।

दोस्रो चरणको आन्दोलनपछि पनि रासस व्यवस्थापनपक्षले मागको सुनुवाई नगरे रासस प्रशासनशाखा, महाप्रबन्धक र अध्यक्षको कार्यकक्षमातालाबन्दीलगायत कडा आन्दोलनकाकार्यक्रमगर्ने चेतावनीदिएका छन् । संविधानको मौलिकहकमा रोजगारीको हकको सुनिश्चिततागरिएको र श्रमजिवीपत्रकार ऐनले पत्रकारको रोजगारीको ज्ञारेन्टी गरेपनि रासस व्यवस्थापनले संविधान र कानुनको बर्खिलापहुने गरी पदपूर्ति प्रक्रिया अघि बढाएको पिडित पत्रकारले बताएका छन् ।

श्रमजीविपत्रकार ऐन २०५१ (संशोधन २०६४)ले पनितिपत्रकारको रोजगारीको सुनिश्चिता गरेको सन्दर्भमात्यसलाई वेवास्तागर्दै व्यवस्थापनपक्षले श्रमजीविपत्रकार विरुद्ध हुनेगरी कार्य प्रक्रिया अघि बढाएको जनाइएको छ । आज दोस्रो चरणको आन्दोलनको ज्ञापनपत्र बुझ्दै राससकामहाप्रबन्धकओपेन्द्र शर्माले पत्रकारको मागकाविषयमाआफु गम्भिर रहेको र समस्या

समाधानमापहलभइरहेको जानकारी दिनुभयो । राससको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसादउपाध्यायले पत्रकारहरुले उठाएका मागजायज रहेकोले तत्काल सम्बोधनगर्न व्यवस्थापनपक्षसँगमागगर्नुभयो । उहाँले माग सम्बोधनकालागिपहलगर्ने आश्वासन समेत दिनुभएको छ ।

पत्रकारको मागकाविषयमा रासस भित्र रहेकाकर्मचारी संघ संगठनले ऐक्यवद्धता जनाइसकेका छन् । पत्रकारहरुले रोजगारीको स्थायित्वहुनुपर्ने, विनियमावली संसोधन गरेर कर्मचारी परिभाषाभित्र समेट्नुपर्ने, कार्यरत पत्रकारलाई खुलाप्रतिष्पर्धामा सहभागिहुने अधिकारको सुनिश्चितताहुनुपर्ने, विगतमा राससमागरिएको अभ्यासअनुसार समानतहखुलाआन्तरिक प्रतिष्पर्धाद्धारा स्थायीप्रक्रिया अघि बढाउनुपर्नेलगायतकामाग राख्दै आएका छन् । स्मरणरहोस् यसअघि विसं २०७२ मायहाँकार्यरत ३२ जनापत्रकारलाई सोही प्रक्रियाद्धारा स्थायीगरिएको थियो ।

 

प्रकाशित मिति : २०७७, १३ फाल्गुन बिहीबार  ८ : ३३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने