२०८१, १३ बैशाख बिहीबार

विन्धवासिनी बचत तथा ऋण सहकारीको २८ औं स्थापना दिवस

विन्धवासिनी बचत तथा ऋण सहकारीको २८ औं स्थापना दिवस


बनेपा ९ फागुन : विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवस सम्पन्न गरेको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज्वलन आफ्नो स्थापना दिवस मनाएको हो । २८ औं स्थापना दिवसको अवसरमा संस्थाले भकुण्डे सेवा कार्यालयको व्यबस्थापनमा धुलिखेल अस्पताल, रोटरी क्लब अफ पनौती र रोटरी क्लव अफ कुम्सको प्राविधिक सहयोगमा रोशी गाउँपालिका फलामेसाँघुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।

संस्थाको सेवा कार्यालय ढुंखर्क र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

संस्थाले सामुदायमा सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १,८२६ वटा समूह मार्फत ३९ हजार ५ सय ९१ शेयर सदस्य र ७ हजार ९ सय ८२ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४७ हजार ५ सय ७३ सेवाग्राही, शेयर पुँजी ३५ करोड ४३ लाख ७८ हजार, ऋण लगानीमा वाँकी २ अर्व ६२ करोड ४७ लाख ५३ हजार, बचत तथा निक्षेप २ अर्व ५४ करोड ५ लाख ४ हजार पु¥याई कुल सम्पत्ति ३ अर्ब ४४ करोड ४८ लाख ५१ हजार सम्पति तथा जायजाद पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख व्यवस्थापक केवी लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  ६ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने