२०८१, ३ बैशाख सोमबार

सफलतातर्फ मण्डनदेउपुरको ‘एकघर–एकधारा’ कार्यक्रम

सफलतातर्फ मण्डनदेउपुरको ‘एकघर–एकधारा’ कार्यक्रम

समस्या पहिचान र समाधानमा अब्बल प्रमुख वाईवा


स्वच्छ खानेपानी जीवनको पहिलो आधार हो । पानी विनाको जीवन त कल्पना नै गर्न सकिँदैन । हरेक परिवारलाई स्वच्छ खानेपानी दिलाउन सक्नु सबैभन्दा ठूलो सफलता हो । सबै मानिसलाई स्वच्छ खानेपानी दिलाउनु राज्यको कर्तव्य हो । यदि कुनै पनि मुलुकले आफ्ना पूरै जनसंख्यालाई स्वच्छ पानी दिलाएको छ भने त्यहाँका जति मानिस खुसी कहाँका हुन्छन् र ? स्वच्छ पानीका लागि विश्वभर नै संघर्ष चलिरहेका बेला सरकारले सही नीति लिएर हाम्रो अपार पानीको स्रोतको उपभोग गर्न सकेको भए यसले हाम्रो मुलुकलाई कहाँ पुरयाउँथ्यो होला ? तर, विडम्बना अपार खानेपानीको स्रोत भएको हाम्रो मुलुकका जनता नै स्वच्छ खानेपानीबाट प्रताडित छन् ।

करिब ५० लाख जनसंख्या बस्ने राजधानी काठमाडौँ नै खानेपानीबाट सबैभन्दा बढी काकाकुल छ । २० औँ वर्ष अघि सुरु भएको मेलम्ची खानेपानी आयोजना पूरा हुन सकेको छैन । असक्षम नेतृत्वका कारण नगरपालिका, गाउँपालिका र वडा तहहरुमा निर्माणाधीन खानेपानी आयोजनाहरु तीब्र गतिमा अघि बढ्न सकेका छैनन् । तोकिएको समयमा नै खानेपानी आयोजनाको काम सम्पन्न भएको उदाहरण त विरलै छ । तोकिएको समयभन्दा दोब्बर, तेब्बर समय वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । यसको एउटा गतिलो उदाहरण त ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ नै बनेको छ । निर्माणको म्याद आठ/दस पटक थपिसक्दा पनि यसले अझै पूर्णता पाउन सकेको छैन । धुलिखेल र पनौती नगरका नेतृत्वकर्तालाई समेत यसले गिज्याइरहेको छ ।

अहिले काभ्रेको मण्डनदेउपुर नगरपालिकाले स्वच्छ खानेपानी जनताको आधार ठानी ‘एक घर–एक धारा’ कार्यक्रम अघि बढाइरहेको छ । नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार समेत नभई गाउँबाट नगरमा उन्मुख भएको यो नगरपालिकाले खानेपानीलाई पहिलो प्राथमिकता ठानेर जुन कार्यक्रम अघि बढाएको छ यसले साँच्चीकै नेतृत्व जनताप्रति जिम्मेवार छ भन्ने देखाएको छ । विना भेदभाव सबै घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य राख्नु नै नेतृत्वको बुद्धिमता हो । जनताका न्यूतम आवश्यकतामा लात हानेर ठूला–ठूला भाषण र आश्वासनको बाढी चलिरहेका बेला मण्डनदेउपुरका प्रमुख टोकबहादुर बाइवाले अर्जुनदृष्टिका साथ खानेपानीलाई प्राथमिकता दिएका छन्, यसले उनको समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्न सक्ने क्षमतामा पनि अब्बलता देखाएको छ । कुराभन्दा कामलाई प्राथमिकता दिने प्रमुख वाइबा विकासका ठूला सपनाभन्दा जनताका समस्यासँग नजिक हुन चाहन्छन् । ‘गाँस, वास र कपास’ पछि मात्र मानिसले विलासिता रोज्ने उनको मान्यता छ । जसका कारण नगरका विपन्न र असहायहरुसँग उनको आत्मीयता बढ्दै गएको छ ।

साँच्चीकै उनले आफ्नो कार्यकालमा आफूले दिएको ‘एक घर– एक धारा’ कार्यक्रमलाई पूर्णिता दिन सके भने त्योभन्दा ठूलो उपलब्धि केही हुन सक्दैन । किनकि कुनै ठाउँको सबैभन्दा ठूलो विकास भनेकै स्वच्छ खानेपानी हो । खानेपानी विनाको जीवन कल्पना पनि गर्न सकिँदैन । प्रमुख वाइबा निर्धक्कसाथ भन्छन्– ‘निर्वाचनका बेला गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा पूरा गर्छु ।’ नगरपालिकाले हालसम्म नगरका करिव ४ हजार ७ सय घरधुरीलाई खानेपानीधारा पुरयाइ सकेको छ ।

खानेपानी कार्यक्रमकै लागि नगरपालिकाले मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ५१ लाख ६६ हजार रुपैयाँसमेत उपलब्ध गराएका छ । खानेपानी आयोजनाबाट मण्डन देउपुर नगरपालिका वडा नं वडा नं ४ देखि वडा नं १२ सम्मका ५ हजार ५ सय घरधुरी लाभान्वित हुने संस्थाका सचिव गणेश पराजुलीले बताए । यो आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरले १ अर्ब १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । सोही रकमको १ प्रतिशत रकम १ करोड १ लाख ६६ अजार रुपैयाँमध्ये उपभोक्ताहरुले जम्मा गर्नुपर्ने ५१ लाख ६६ हजार नगर प्रमुख टोकबहादुर वाईवाले संस्थाका अध्यय रामबहादुर तामाङलाई बिहीबार चेक हस्तान्तरण गरेका हुन् । बाँकी रकम उपभोक्ताहरुले प्रति घरधुरी बराबर एक हजार रुपैयाँ उठाउने योजना रहेको छ ।

यो आयोजनामा मण्डनदेउपुर वडा नं १० नारिङखर्क र वडा नं ७ को सोते ईन्द्रवती खोलाबाट लिफ्टीङ गर्ने योजना रहेको छ । खानेपानी संचालनका लागि ३५ वटा टयाङकी निर्माण गर्नु पर्ने र यो योजना सम्पन्न गर्न तीन बर्ष लाग्ने आयोजनाका अध्यक्ष रामबहादुर तामाङ बताउँछन् ।

प्रकाशित मिति : २०७७, ७ फाल्गुन शुक्रबार  १२ : १५ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता