२०८१, ७ बैशाख शुक्रबार

झाँक्रीसँग किन झुक्यो सरकार ?

झाँक्रीसँग किन झुक्यो सरकार ?


 

काठमाडौँ ३० माघ । सरकारले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेको पाँच घण्टामै छाड्न बाध्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी थमाएर बिहीवार दिउँसो झाँक्री निवासबाटै पक्राउ गरिएको थियो । तर सरकारले पक्राउ गरेर झाँक्रीलाई पाँच घण्टाभन्दा बढी हिरासतमा राख्न सकेन । सामान्य सोधपुछ गरेर प्रहरीले उनलाई विनाशर्त रिहा गरिदियो ।

प्रहरी हिरासतबाट रिहापछि नेतृ झाँक्रीको मलिन होइन उच्च स्वर भयो । उनले खुलेआम राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताइन् । यो घटनाले प्रतिगमनविरुद्धको आन्दोलनलाई ठूलो बल पुगेको घोषणा पनि गरिन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पु¥याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको स–गौरव घोषणा गरिन् ।

झाँक्रीलाई गिरफ्तार गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै चौतर्फी विरोध पनि भएको छ । पक्राउको विरोधमा नेकपा दाहाल नेपाल समूह सम्बद्ध युवा विद्यार्थीहरू प्रदर्शनमै उत्रिए । सो क्रममा बिहीवार बानेश्वरमा झडपसमेत भयोे । नागरिक, बौद्धिक समाजदेखि विभिन्न राजनीतिक दल र नेताहरुबाट झाक्रीको रिहाइका लागि सरकारलाई निकै ठूलो दबाबसमेत प¥यो ।

केही समयअघि नेतृ झाँक्रीले राष्ट्रपतिविरुद्ध गोरखामा गरेको भाषण विवादित भएको थियो । उनले तत्कालिन नेकपा एमालेले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने संस्कृति सुरू गरेको र त्यसको प्रतिउत्पादक विद्या भण्डारी भएको आरोप लगाएकी थिइन ।

नेतृ झाँक्रीले गोरखामा गरेको एउटा भाषण सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । ‘राष्ट्रपतिको कुरा त के गर्नु । बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि कार गेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस् । चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ । हैन भने बालकोटै गए पनि हुन्छ ।’ भनेर गरेको भाषण सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

नेतृ झाँक्रीले बुधबार काठमाडौं आयोजित विरोधसभामा पनि राष्ट्रपतिको कार्यशैलीको आलोचना मात्र गरेनन् मञ्चमै निकै नाटकीय ढंगले प्रस्तुत भइन् । ‘बोल्न पाइन्छ’ भन्ने अधिकारको पक्षमा दमदार भाषण ठोकिन् ।

माथिका यी अभिव्यक्तिलाई नै आधार मानेर नेतृ झाँक्रीमाथि राज्य कसुरको अभियोग लगाइयो । प्रहरीलाई घरमै पठाएर अभियोग पत्र थमाई पक्राउ गरियो । तर प्रहरीले उनलाई पाँच घण्टाभन्दा बढी हिरासतमा राख्न सकेन । अनि प्रश्न उठ्ने राज्य कसुरको अभियुक्तलाई पाँच घण्टामै किन छाडियो ? उनलाई तर्साउन मात्र पक्राउ गरिएको हो कि अभियोग पुष्टि गरेर दण्डसजायँ दिन? पञ्चायती शैलीमा तर्साउन मात्र पक्राउ गरिएको हो भने यो ओली नेतृत्वको सरकारलाई बद्नामित गराउने खेल आफ्नै घेराबन्दीबाट भइरहेको प्रष्ट हुन्छ ।

एक दिनसम्म पनि हिरासत राखेर अनुसन्धान गर्न नसक्ने सरकारका कुन चाहिँ ‘पावरवाला’ले दिए नेतृ झाँक्रीलाई पक्राउ गर्ने आदेश, जसका कारण प्रधानमन्त्री ओलीमाथि लगाइएको प्रतिगमनको कदमविरुद्धको आन्दोलनमा थप बल पुगेको छ । नेकपा ओली समूहभित्रका नेतादेखि कार्यकर्ताहरुसम्म यसको उत्तर खोजिराखेका छन् र प्रश्न पनि गरिरहेका छन्– ‘हाम्रा सहासिक प्रधानमन्त्री ओली सरकारको यति कमजोर निर्णय कहाँबाट भयो ?’ स्वयं प्रहरी प्रशासनले समेत कानुनी रुपमा पक्राउ गर्न नसकिने जवाफ दिँदादिँदै जबरजस्ती किन गिरफ्तार गर्न लगाइयो ? कारबाही नगरी किन छाड्न बाध्य भयो ?

नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठम्याइलाई पत्याइदिने हो भने झाँक्रीलाई पक्राउ गर्ने आदेश प्रधानमन्त्री ओलीबाटै आएको हो । प्रधानमन्त्रीकै आदेशमा राज्यविरुद्धको कसुरमा गिरफ्तार गरिएको व्यक्तिलाई पाँच घण्टा पनि हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने सामथ्र्य राज्यसँग नभएकै हो त ?कि आन्दोलनरत पक्षसँग सरकार तर्सिएको हो ।

झाँक्रीलाई पक्राउ गर्न आदेश दिने यति काँचो निर्णय कोबाट भयो ?प्रधानमन्त्री, गृहमन्त्री वा सरकारमा रहेका जोसुकैबाट भएको भए पनि यसले सरकारको साख गिराइदिएको छ । उच्च संस्थामा बसेका व्यक्तिहरुले राजामहाराजाको सम्मान खोज्ने होइन आलोचना पनि सुन्न सक्नुपर्छ भन्ने राम्रै शिक्षा दिएको हुनुपर्छ ।

कोही–कसैले आवेग, उत्तेजना वा भड्कावमा आएर कोही कसैमाथि आपेक्ष, तुच्छ गालीगलौज गर्नु आफैमा राम्रो कुरा होइन । यसको मूल्यांकन सरकारले मात्र होइन आम नागरिकले पनि अवश्य गरेकै हुन्छन् । तर संयमता अपनाउनुपर्ने सरकार नै प्रतिशोध साँध्न थाल्छ भने त्यसको परिणाम उसको लागि सुखद हुन सक्दैन । रामकुमारी झाँक्री पक्राउ प्रकरणले पनि यही कुराको पुष्टि गर्छ । नेतृ झाँक्रीलाई पक्राउ गर्ने सरकारको सहासिक निर्णय पाँच घण्टा पनि टिक्न नसक्नुले सरकारलाई उक्साउनेहरुको पनि मुख बन्द भएको छ ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : १७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता