२०८१, ८ बैशाख शनिबार

कांग्रेस कार्यकर्तालाई निर्वाचनमा जुट्न सभापति देउवाको निर्देशन

कांग्रेस कार्यकर्तालाई निर्वाचनमा जुट्न सभापति देउवाको निर्देशन


काठमाडौं, २३ पुस :  विघटित प्रतिनिधिसभा पुनः ब्युँतिए पार्टीलाई क्षति पुग्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा कांग्रेसलाई निर्वाचन नै उपयुक्त बाटो भएको बताएका छन् ।

बिहीबार देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका कांग्रेस कार्यकर्ताहरुसँग छलफल गर्दै देउवाले आफ्नो पार्टीका लागि निर्वाचन न उपयुक्त अवसर भएकाले निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्र्थापना हुँदै नहुनेमा विश्वास दिलाउँदै देउवाले कार्यकर्ताहरुसँग भनेका छन्, ‘प्रतिनिधिसभा पुनःस्र्थापना भए कांग्रेस तेस्रस्रो शक्तिमा पुग्छ, त्यसो हुँदा अहिले पाइरहेको प्रमुख प्रतिपक्षको हैसियत पनि गुम्ने स्थिति आउँछ । त्यसकारण अहिले पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, यो विरोधका कार्यक्रमलाई पनि चुनावी प्रचारका रुपमा उपयोग गर्नुहोस् र निर्वाचनमा हामी केन्द्रित हुन जरुरी छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुनःस्र्थापना भए नेकपाकै एउटा समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ ।

विघटित प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद थिए भने सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद थिए । नेकपा दुई समूहका विभाजित बनिहाल्यो भने कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने उनको अनुमान छ ।

तर, कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पदाधिकारीको बैठक बोलाएर प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा जाने निर्णय गरिसकेको छ । सभापति देउवा चुनावमा जानुपर्ने पक्षमा भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्दोलनमा जानुपर्ने पक्षमा अझै अडिग छन् ।

कांग्रेसले पहिलो चरणको आन्दोलन पूरा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले पुस २५ गतेदेखि वडास्तरदेखि देशव्यापी विरोधका कार्यक्रमको तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले भने कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ८ : ३२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता