२०८१, १३ बैशाख बिहीबार

त्रिशूली जीप दुर्घटना : चालक र महिलाको शव निकालियो, बालिकाको खोजी चल्दै

त्रिशूली जीप दुर्घटना : चालक र महिलाको शव निकालियो, बालिकाको खोजी चल्दै


काठमाडौं, ११ मंसिर : काठमाडौं आउँदै गरेको जी त्रिशूली नदीमा बसेर वेपत्ता तीन जनामध्ये दुई जनाको शव निकालिएको छ ।

आज (बिहीबार) बिहानै मुग्लिन नजिक त्रिशूली नदीमा जिप खस्दा बेपत्ता तीन जनामध्ये चालक र एक महिलाको शव निकालिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नान्तीराज गुरुङले जानकारी दिएका छन् । गाडीसँगै वेपत्ता भएका तीन जनामध्ये अहिले भर्खर यात्रु महिलापछि गाडी चालकको शव पनि निकालिएको हो ।

अहिले एक बालिकाको शव भेट्न खोजिभइरहेको छ । ‘चालक र यात्रु महिलाको शव गाडीभित्रै भेटिएको हो,’ गुरुङले भने, ‘अब बालिका ९ती महिलाकी ११ वर्षीया छोरी० पत्ता लाग्न बाँकी छ ।’

प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित तीन जना बेपत्ता भएका थिए । तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र जीप चालक सूर्य केसीको शव भेटिएको हो ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार  ११ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने