२०८१, १३ बैशाख बिहीबार

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने आभियानको राष्ट्रपतिद्वारा शुभकामना सन्देश

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने आभियानको राष्ट्रपतिद्वारा शुभकामना सन्देश

'महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिका हुनुपर्छ'


काठमाडौं, १० मंसिर  : राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण हुनुपर्ने बताएकी छिन् ।

‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का अवसरमा सन्देश जारी गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छिन्। बोक्सी, छाउपडी, दाइजो तथा तिलक जस्ता कुरीति र कुप्रथालाई कानूनले निषेध गरे पनि धेरै दिदीबहिनी हिंसा र अपमानबाट गुज्रिरहनु परेको उनले उल्लेख गरेकी छिन्।

“घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलत्कारजस्ता जघन्य हिंसा निर्मुलन गर्ने सरकारका प्रयासहरु पूर्ण रुपमा सफल बनाउन समाजका सबै पक्षहरु त्यत्तिकै सक्रिय हुनुपर्छ”, राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष २५ नोभेम्बरलाई ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने निर्णय गरेको हो। यही दिनदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु हुन्छ। यो अभियान विश्व मानवअधिकार दिवस १० डिसेम्बरमा समापन गरिन्छ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  १० : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने