२०८१, ७ बैशाख शुक्रबार

काभ्रेमा आज ४७ जनामा संक्रमण पुष्टि, ५६ जना निको भएर घर फर्किए

काभ्रेमा आज ४७ जनामा संक्रमण पुष्टि, ५६ जना निको भएर घर फर्किए


धुलिखेल २७ कार्तिक काभ्रेमा आज कोरोना भईरसका संक्रमित मध्ये ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै जिल्लाका संक्रमित मध्ये १ हजार ६ सय ९ जनाले भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

यस्तै बिहिबार जिल्लामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाक्टर झाका अनुसार बनेपा नगरपालिकाका ६ जना महिला र १० जना पुरुष, धुलिखेल नगरपालिकाका १३ जना महिला र १० जना पुरुष, पनौतीका १ जना महिला र २ जना पुरुष, पाँचखालमा १ जना महिला, नमोबुद्धमा १ जना पुरुष रहेका छन् ।  यसैगरी बेथान्चोक गाउँपालिकामा १ जना पुरुष र रोशीमा १ जना पुरुष १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार १ सय ६६ पुगेको छ । जिल्लामा हाल ५ सय ३० जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा ४३ जना र होम आइसोलेसनमा ४ सय ८७ जना रहेका डाक्टर झाले बताउनुभयो । हाल सम्म जिल्लाका २७ जनाको कोरोना भाईरसका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार  ७ : ४२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता