२०८१, १२ बैशाख बुधबार

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई


धुलिखेल, २६ कात्तिकः धुलिखेल नगरपालिकाले सुबिधा सहित सेवा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई गरेको छ । नगरपालिकाभित्र अध्यापन गराइ सेवा निबृत हुने लागेका १० जना शिक्षकहरुलाई आज सम्मान सहित विदाई गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीका अनुसार निबृत्त हुन लागेका शिक्षकहरुको बिदाईसँगै नगरपालिकामा दरबन्दी मिलान गर्न थप सजिलो हुने भएको छ । २० वर्ष शिक्षण पेशामा बिताइसकेका शिक्षकहरुलाई समयाबधिको आधारमा १ लाखदेखी १ लाख ७५ हजार सम्म टोकनमनी सहित बिदाइ गरिएको हो ।

विदाई शिक्षकले कात्तिक महिनाको तलब प्राप्त गर्नुहुनेछ भने मंसिर १ गतेबाट पद रिक्त हुनुपर्ने छ । निबृत्त भएर बिदाई हुन चाहाने शिक्षकका लागि नगरपालिकाले २ पटक सूचना निकालेको थियो । नगरपालिकामा २ सय ९७ जना शिक्षक रहेकोमा दरबन्दी मिलान गर्दा अझै ८१ जना शिक्षक संख्या घटाउनुपर्ने छ । आधारभुत तहको लागि समेत दरबन्दी आवश्यक पर्ने भएकाले नगरपालिकाले हाल ४७ जना मात्र शिक्षक घटाउने निर्णय गरेको शाखा अधिकृत ठकुरीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने