२०८१, १३ बैशाख बिहीबार

काभ्रेमा विप्लब समूहका कार्यकर्ता पक्राउ

काभ्रेमा विप्लब समूहका कार्यकर्ता पक्राउ


धुलिखेल, २६ कात्तिकः काभ्रे प्रहरीले नेपाल सरकाबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लब समुहका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लब समूहमा आबद्ध रहेका धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ बर्षीय मधुसुधन बजगाईलाई पक्राउ गरे सार्वजनिक गरेको हो । बजगाईलाई प्रहरीले आज बिहान उनै घरबाट पक्राउ गरेको हो ।

विप्लब समूहमा रही बजगाईले काभ्रे जिल्लाका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोनबाट समेत धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई फेला गरेको हो । खोजी गर्दै जादा फेला परेको बजगाईले प्रहरी टोलीले सोधेका कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरेको प्रहरीको भनाई छ ।

बजगाईले प्रहरीको काम कर्तब्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेका तत्काल कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा बजगाईले आफु नेपाल कम्युनिष्ट पार्टि (माओवादी) विप्लब समूहको जिल्ला कमिटी सदस्य रहेको र पार्टीको नीति अनुसार काम बारबाही गर्दै आएको बताएका छन् ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ४ : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने