२०८१, ८ बैशाख शनिबार

काभ्रेको च्यासिंखर्कमा शिक्षक श्यामको आंतक ! गाउँपालिकाको बदमासी

काभ्रेको च्यासिंखर्कमा शिक्षक श्यामको आंतक ! गाउँपालिकाको बदमासी


धुलिखेल, २३ कात्तिकः काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा शिक्षक श्याम बहादुर लामाले आंतक मच्याएको अभिभावकहरुले बताएका छन् । पावर्ती मावि ढुंखर्कका प्रधानाध्यपक गोविन्द शर्मासँग विवाद भएपछि लामालाई गाउँपालिकाले वडा नम्बर ५ च्यासिङ्खर्कमा रहेको कपेर आधारभुत विद्यालयमा गएको भदौ ३० गते सरुवा गरेको थियो ।

गाउँपालिकाको निर्णय आफुहरुलाई मान्य नहुने भन्दै विद्यालय ब्यवस्थापन समितिले शिक्षक लामालाई अहिलेसम्म पनि हाजिर गर्न दिएको छैन् । तर उनी विद्यालय भने गइरहेका छन् । विद्यालयले हाजिर गर्न नदिएपनि विद्यालय गइरहेका शिक्षक लामा शुक्रबार (कात्तिक २१) भने एक्कासी दलबल सहित विद्यालय घेराउ गर्न पुगेको एक अभिभावकले बताए ।

शिक्षक लामा तलबभत्त दिन माग गर्दै दलबल सहित विद्यालय घेराउ गर्न पुगेका हुन् । गाउँपालिकाले शिक्षक लामालाई तलब र दशैँ भत्ता खुवाउन पत्रचार गरेपछि शुक्रबार के गर्ने भन्ने विषयमा स्थानीय अभिभावक र विद्यालय प्रशासन बीच छलफल भइरहेको थियो । सोहि बेला शिक्षक लामा आफ्नो घरका सदस्य सहित अपरिचित ब्यक्ति लिएर विद्यालय पुगेका थिए । ‘श्यामको तलबभत्ता रोक्ने को ? भन्दै एक्कासी अपरिचित ब्यक्तिहरु बैठक कोठामा प्रवेश गरेका थिए । त्यसपछि शिक्षक लामा र बैठकमा सहभागि सदस्यहरु बिच भनाभन समेत चलेको थियोे । ‘त्यो दिन हामीले धेरै लचक भएर मात्रै हो, नाम उल्लेख नगर्ने सर्तमा ती अभिभावकले भने ‘नत्र दुःखद् घटना हुन सक्थ्यो, गाउँपालिकाको पत्र पछि हामी के गर्ने भनेर छलफल गरिरहेका थियौँ, तर एक्कासी उहाँको समूह परेर दादागिरी देखाउन थाल्यो ।’

कपेर आविमा अहिले पनि प्रावि दरबन्दीमा ३ जना शिक्षक कार्यरत छन् । सरुवा भएर गएका शिक्षक लामा पनि प्रावि तृतिया श्रेणीका हुन् । स्थानीय अभिभावकहरुको माग भने प्रावि दरबन्दीकै भएपनि निमाविमा पढाउन सक्ने शिक्षक हुनु पर्ने छ । तर गाउँपालिकाले स्थानीय अभिभावकको माग विपरित पहिले पनि सोहि विद्यालयमा काम गर्दा विभिन्न काण्डमा फसेका शिक्षकलाई नै पुनःपठाएको हो । त्यसपछि स्थानीय अभिभावकहरु गाउँपालिका प्रति रुष्ट बन्दै आइरहेका छन् । उनीहरुले निर्णय सच्याउन पटक पटक गाउँपालिकामा डेलिकेशन समेत दिएका छन् ।

गाउँपालिकाको गलत नियत
पार्वती माविका प्रधानाध्यापकसँगको विवाद चरम उत्कर्षमा पुगेपछि शिक्षक श्याम लामालाई गाउँपालिकाले स्थानीय अभिभावक र विद्यालय प्रशासनसँग कुनै सोधखोज नगरी सरुवा गर्यो । कपेर आधारभुत विद्यालय अहिले ब्यवस्थापन समिति विहीन छ । विद्यालय ब्यवस्थापन समितिलाई पूर्णता दिनुको सट्टा गाउँपालिकाले विवादित शिक्षकलाई ब्यवस्थापन गर्ने उपयुक्त स्थान कपेर नै सम्झियो ।

सोहि अनुसार गएको भदौँ ३० गते पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले कपेर आविलाई पत्र पठाएर शिक्षक श्याम लामालाई हाजिर गराउन निर्देशन दिए । तर अभिभावकले मानेनन् । कपेर आधारभुत विद्यालयमा आफ्नो बालबालिका पढाउँदै आएको अभिभावकहरुले शिक्षक श्याम लामालाई विद्यालय तहस, नहस पार्ने पात्रोको रुपमा लिन्छन् ।

त्यसमाथि हाजिर नै नगराएको शिक्षकलाई तलब र दशैँभत्ता खुवाउन गाउँपालिकाले आदेश दिएपनि स्थानीय अभिभावकहरु आक्रोशित बनेका छन् । गाउँपालिकाले विद्यालयको खातामा शिक्षक लामाको तलब र दशैँभत्ता पठाइदिसकेको छ ।

कपेरमा श्याम गरेको बदमासी
विद्यालय ब्यवस्थापन समितिले शिक्षक श्याम लामा २०५३ साल देखि २०६५ सालसम्म कपेरको प्राध्यापक रहेको बेला ब्यापक अनियमितता गरेको दाबी गरेको छ । समितितको साउन २५ गतेको बसेको बैठकको निर्णयमा लामाले करिब १२ बर्षको प्रधानाध्यपक कार्यकालमा थुप्रै त्रुटीपुर्ण काम गरेको, १२ वर्षसम्म विद्यालयको लेखा अडिट नगरेको, १२ वर्ष सम्मको आर्थिक पारदर्शी नभएको, दलितको नाममा आएको छात्रवृत्ति अनियमित गरेको, बिद्यालय प्रशासन अस्तब्यस्ता बनाएको जस्ता आरोप लगाएको छ ।

शिक्षक लामाले २०५० साल पुसबाट कपेर आविबाट सेवा सुरु गरेका थिए । शिक्षक लामालाई २०६५ सालमा ब्यबस्थापन समितिले प्रनाध्यापक पदबाट हटाउने निर्णय गरेको थियो । शिक्षक लामा त्यस बाहेक पनि विद्यालयको विभिन्न काममा किर्ते गर्दै आर्थिक अपचलनको क्रियाकपलामा सहभागि रहेको भन्दै कपेर आधारभूत विद्यालयले हाजिर गर्न नसक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ कार्तिक आईतबार  ७ : २८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता