२०८१, ८ बैशाख शनिबार

काभ्रेबाट यो तिहारका लागि ६० हजार माला बजार पठाइने

काभ्रेबाट यो तिहारका लागि ६० हजार माला बजार पठाइने


धुलिखेल, २२ कात्तिकः काभ्रेका पुष्प ब्यवसायीहरु तिहारका लागि माला उन्न ब्यस्त भएका छन् । फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठका अनुसार यो वर्ष काभ्रेबाट सयपत्री र गोदावरीको ६० हजार माला बजारमा पठाउने तयारी गरिएको छ ।

काभ्रेमा १० हजार माला खपत हुने र बाँकी ५० हजार माला भक्तपुर, काठमाण्डौ सहितका बजारहरुमा पठाउने तयारीमा ब्यवसायीहरु छुटेका छन् । काग तिहारबाट माला बजारमा ल्याउने तयारी रहेको फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका सचिव शम्भु तामाङले बताउनुभयो ।

प्रति माला न्यूनतम १२० देखि १६० सम्म बिक्री गर्ने ब्यवसायीहरुको योजना छ । यो वर्षको तिहारमा मात्रै करिब १२ लाखको माला बेचिने फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका कोषाध्यक्ष रुद्रबहादुर खड्काले जानकारी दिनुभयो । काभ्रेका पुष्प ब्यवसायीहरुले मंसिर महिनाभर मात्रै झण्डै १८ लाख बराबरको सयपत्री र गोदावरी फुल बिक्रीबाट आन्दानी लिने उहाँको भनाई छ । सयपत्री बाहेक कार्नेसन, जरवेराको माला माग भए प्रति माला ५ सयका दरमा उपलब्ध गराउने गरी ब्यवसायीहरुले तयारी गरेका छन् ।

काभ्रेमा ब्यवसायीक हिसाबले सयपत्री र गोदावरी अघिल्लो वर्षभन्दा कम लगाएपनि उत्पादन भने राम्रो रहेको किसानहरुले बताएका छन् । यो वर्ष काभ्रेमा ५० हजार फुल विरुवा सयपत्री र गोदावरी लगाईएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेष बहादुर दनुवारले बताउनुभयो । जिल्लाको पाँचखाल, धुलिखेल, नमोबुद्ध, बनेपा, पनौती नगरपालिका तथा रोशी गाउँपालिकामा ब्यवसायीक रुपमा सयपत्री र गोदावरी फुल खेती गरिएको छ ।

फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखामा आबद्ध भएका २६ जना मध्ये १६ जना किसानले व्यवसायीक रुपमा पुष्प खेती गरिरहेका छन् । फुलेका फुल खेर नजाओस भन्नका लागि ब्यवसायीहरुले स्टोर गर्ने कार्यलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार  ३ : २५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता