धुलिखेल, १४ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ५० प्रतिशत नागरिकको घरमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी पुर्याएको जनाएको छ । चुनाबी घोषणापत्र अनुसार नै सुरु गरिएको कार्यक्रम अन्तर्गत ५० प्रतिशत नागरिकको घरमा धारा सहितको खानेपानी पुर्याइएको नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका अनसार मण्डनदेउपुर बृहत खानेपानी योजनाको डिपिआर सम्पन्न भइसकेको छ । यो खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैँया रकम समेत विनियोजन भएको छ । वडा नं ७, ९, १० र ११ मा खानेपानिको काम सम्पन्न भइसकेको छ भने ५ र ६ मा ट्याङ्की निर्माण भइरहेको छ । आफ्नो कार्याकालभित्र नै ९० प्रतिशत खानेपानीको काम सम्पन्न गर्ने नगरपालिकाका प्रवक्ता आचार्यले बताउनुभयो ।
प्रतिक्रिया