२०८०, १६ चैत्र शुक्रबार

यसपालि त यस्तै भो आमा…..

यसपालि त यस्तै भो आमा…..


धुलिखेल, ९ कात्तिकः ‘यसपालि त यस्तै भो आमा, अर्को साला आउने छु दशैँमा’ जनवादी गायक जीवन शर्माले गीतमा उतारेका यी शब्द । जब आफ्नो भूमि छोडेर पराइदेशमा पुगिन्छ । भनेको समयमा आफन्त, इष्टमित्र भेट्न नपाउन गीतका शब्दहरु ब्यवहारिक बन्दो रहेछ । मन साह्रै खिन्न हुन्छ । अझ चाडपर्वमा त आमा म कुन शब्दले वर्णन गरौँ । मन दुखेको कुरा ।

साथी भाइहरु गाउँ पुगेको । रमाइलो गरेको । बाआमा भेटेको । अनि आफ्नो जीवन संगीनी र छोराछोरीसँगै बसेर खिचेको फोटो अहिले त छिन भरमै हेर्न पाइन्छ । यी कुराले झन मन बारी बनाउँदो रहेछ । तर पनि के गर्ने यो वर्ष त देशभित्रै रहेका कतिपय दाजुभाई दिदीबहिनी पनि कोरोना भाइरसको संक्रमणले गर्दा दशैँ मनाउन घरगाउँ नगएको भनेर म्यासेज गर्नुहुन्छ । म त झन पराईदेशमा छु । कसरी आउन सक्थे र आमा ।

आमाले पनि पक्कै ख्याल गर्नुभएकै होला मैले घर छोडेको मिति त है । कात्तिक ८ गते ठ्याक्कै दुई वर्षबिते छ आमा तपाईको हातले पकाएको खाना खान नपाएको पनि । नेपालमा हुदाँ यो दशैँमा सहरबाट गाउँ गइन्थ्यो । भएको खाइन्थ्यो । दुःख, सुःख साटिन्थ्यो । चाडपर्वमा फलानोको छोरा छोरी आइसके तिमीहरु कुन दिन आउने हो भन्दै फोनमा आमाले भनेको त्यो आवाज कानमा सधै गुञ्जिरहन्छ ।

तर के गर्ने यो वर्ष त जसरी पनि आमाको हातले पकाएको खाने बचन दिएको थिए । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बचन पुरा गर्न सकिन आमा । पराईको भूमि । उनीहरुले भने अनुसारको समयमा काम गर्नुै पर्यो आमा । रातिको ड्यूटि । आमा बसेको ठाउँ र म बसेको ठाउँको समय बिलकुलै फरक छ । तपाईले विहानको खाना खाँदा म बेलुका ड्यूटीमा ब्यस्त हुन्छ । पराईदेश, पराई भाषा, पराई परम्परा । कुनै पनि चिज मिल्दैन आमा । तर पनि मिलाए जस्तो गर्ने पर्ने ।

आमाले सम्झाउँदा हामी छोराछोरीहरु रिसाउने, झर्किने गर्छौँ । तर अरुको देशमा सम्झाउँने त धेरै परको कुरा आमा । उनीहरुले गाली गर्दा र रुखो बोली बोल्दा समेत हाँसी हाँसी काम गर्नु पर्ने । मान्छेको जिन्दगीमा सोचेको र खोजेको जस्तो हुन्न रहेछ आमा । अरुको घरमा जमरा हुर्किसके । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको निलो आकाश अनि उडेका चङ्गासँगै धेरैले दशैँलाई स्वागत गरे ।

साच्चै आमा ! यो वर्ष त हाम्रो लागि साह्रै दुःखको बर्ष हैछ । गत चैत्र महिनाको ३ गते टिपरले लुटेको खुसी अहिलेसम्म फर्काउन सकेको छैन । र यो खुशी फर्काउन सक्किन पनि आमा । यो घटनालाई तपाईले सहज रुपमा बिर्सन पनि कहाँ सक्नुहुन्छ र । नौ महिनासम्म गर्भमा राखेर उर्काएको, बढाएको सन्तानले आफुभन्दा अघि नै धर्ती छोड्दाको त्यो दुःखद् क्षण । हाम्रो परिवारको आँखाको नानी घुमेको पीडा कसरी भुल्नु । म आफैलाई पनि स्वर्गीय बहिनीको याद औदि आउँछ । सम्झिन्छु । भकानिन्छु । सकेसम्म आफुले आफैलाई सम्झाउने कोशिस गर्छु । तर तपाईलाई मैले सम्झाउनै सकिरहेको छैन् आमा ।

हो । म जसरी परदेशमा घरको यादमा छु । तपाई बहिनी जुनी मायाको बाटो कुरेरै बसिरहनुभएको छ । तर आमा अब बहिनीलाई भुल्नुको बिकल्प तपाई, म अनि हाम्रो परिवारलाई छैन् । किन भने उनले अब मलाई कहिल्यै दाई र तपाईलाई आमा भनेर बोलाउन पाउने छैनन् । सपनामा त कहिले काँहि बहिनीले बोलाउँछिन् । बिपनामा उठेर फोन गर्न खोज्छु । तर फेरी आफैलाई सम्झाउँछु । बहिनी जुनी मायाको स्वार्गमा बास होस् यहि कामना गरौँ आमा ।

आमा यो वर्षको चाडपर्व यस्तै भयो । मनलाई धेरै दुखित नबनाउनु । अर्को वर्षको घरमै बसेर चाडपर्व मनाउने गरी स्वदेश फर्कनेछु । कोरोना भाइरसको महामारी ब्याप्त छ । म बसेकै सहरमा पनि हजारौँले यहाँ भाइरसका कारण मृत्युवरण गरिसकेका छन् । यो भाइरसबाट जोगिन सकेसम्मको कोशिस गरिरहेको छु आमा । तपाई पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु । भिडभाड हुने ठाउँमा नजानु । जानै परे मास्क लगाएर मात्रै जानु । साबुन पानीले बेला बेला मिचिमिचि हात धुनु । अहिलेलाई यत्ति नै आमा ।

आमा १ उही तिम्रो अभागी छोरा
राजकुमार गोले हालः अमेरिकाको टेक्सस, हुसटन

प्रकाशित मिति : २०७७, ९ कार्तिक आईतबार  ५ : ३६ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय