२०८१, ९ बैशाख आईतबार

धुलिखेल अस्पतालले भन्यो ‘भ्रम छरियो, सबै बिरामीको धरौटी राख्ने प्रावधान छ’

धुलिखेल अस्पतालले भन्यो ‘भ्रम छरियो, सबै बिरामीको धरौटी राख्ने प्रावधान छ’


धुलिखेल, ५ कार्तिकः धुलिखेल अस्पतालले कोरोना संक्रमितको उपचारका विषयलाई लिएर भ्रम छरिएको दाबी गरेको छ । अस्पताल प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै कात्र्तिक ३ गतेको सूचनालाई लिएर सामाजिक सञ्जालमा भ्रम छरेको दाबी गरेको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तिको ४ औँ नम्बरमा अन्य विरामीको उपचारका लागि समेत केहि रकम धरौटी राख्नु पर्ने प्रावधान रहेको र धरौटी राख्न नसकेको कारण कुनै पनि बिरामी उपचारबाट बञ्चिन हुन नपरेको दाबी गरिएको छ । अस्पतालले धरौटी रकमलाई नै कोरोना संक्रमितको उपचार खर्चको रुपमा सामाजिक सञ्जालमा ब्याख्या गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले हालसम्म सामान्य लक्षण देखिएका २७४ जना, जटिल लक्षण भएकालाई आसियूमा राखेर २७ जनाको निःशुल्क उपचार गरेको जनाएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि छुट्टै भवनमा १५ वेडको आइसियू सहित एक सय बेडको रहेको छ ।

अस्पतालले कात्र्तिक ३ गते जारी गरेको सूचनामा सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल भएकाले १ लाख र जटिल बिरामी भए २ लाख धरौटी राख्नु पर्ने उल्लेख गरेको थियो ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ६ : ०५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने