२०८०, १६ चैत्र शुक्रबार

हात उठायो सरकारले : अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा

हात उठायो सरकारले : अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा


काठमाडौं ३ कार्तिक  :  कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् । हिजो आइतबारदेखि लागु हुने गरी यो व्यवस्था गरिएको हो । सरकार कोरोनासँग हारेर हात उठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । उनीहरूको कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाट बेहोर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको परीक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा हिजो आइतबारबाट नै लागु भइसकेको बताए । उनले भने, ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार स्वयं व्यक्तिले आफै खर्च गर्नुपर्नेछ । अब सबै सरकारी तथा निजी अस्पतालले भर्ना र उपचार शुल्क लिनेछन् । यस्तै, सबै प्रयोगशालाले परीक्षण शुल्क लिनेछन् ।’

सर्वोच्च अदालतले कोरोना परीक्षणका नाममा शुल्क नलिन सरकारका नाममा आदेश जारी गरेको थियो । अस्पतालले कम्तीमा आईसीयूलगायत पूर्वाधारसहित ५० प्रतिशत शैंया कोभिड–१९ व्यवस्थापनका लागि छुट्याउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने र उनीहरूले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने सर्त पालना गर्नुपर्ने डा. गौतमले बताए ।

कोरोनाको उपचार हुने अस्पतालहरूको फार्मेसीबाट रेम्डिसिभिर औषधी बिक्री वितरण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिडका रूपमा सूचीकृत अस्पतालको फार्मेसीबाट रेम्डिसिभिर औषधी बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताए । कोरोना भाइरसको उपचारका लागि नेपालमा क्लिनिकल ट्रायलका रूपमा रेम्डिसिभिर औषधी प्रयोगमा ल्याइएको जनाएको छ ।

देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको छ । जसमध्ये २६ हजार ४०८ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १६ हजार ७ सय ६५ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार १ सय २०, प्रदेश २ मा ८ सय १४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा ६ सय ९०, गण्डकी प्रदेशमा ९ सय ३० र कर्णाली प्रदेशमा ८ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल ६६ जना भेन्टिलेटरमा र ३ सय १ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आइतबार देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ छ । योसँगै हालसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ३९ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ९ : १२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय