२०८१, ७ बैशाख शुक्रबार

काभ्रेमा दशैमा घरजान पारिश्रमिक माग्दा होटल मजदुर कुटिए

काभ्रेमा दशैमा घरजान पारिश्रमिक माग्दा होटल मजदुर कुटिए


बनेपा १ कार्तिक  : काभ्रेको बनेपामा होटल मजदुरले पारिश्रमिक माग्दा होटलका मेनेजरद्वारा २०७७ कार्तिक १ गते मजदुर कुटिएका छन् ।

बनेपा नगरपालिका वडा ७ भीमसेन मार्गमा रहेको होटल द हब रेष्टुरेन्ट एण्ड लजका मेनेजर मुकेश महजु श्रेष्ठले होटलमा काम गर्दै आईरहेको पनौती वडा नं २ कुशादेवी बोलखे गाउँका २१ वार्षिय बिसुराम श्रेष्ठलाई कुटपिट गरेको पिडित श्रेष्ठले बताउनु भयो । कुटपिटबाट मजदुर श्रेष्ठको नाकबाट रगत बगेको छ ।

दशैमा घरजान पारिश्रमिक माग्न जाँदा कुटपिट भएको हो । होटलमा श्रेष्टले २०७५ माघ १४ गते देखि वईटरको रुपमा काम गर्दैआईरहेका थिए । श्रेष्ठले २०७७ असोज १७ गते वईटर काम छोडेका थिए ।  होटल द हब रेष्टुरेन्ट एण्ड लज नामबाट संचलन भैरहेको होटललाई अहिले होटल मंगलम नामकरण गरी संचालन ल्याएको छ ।

अहिले होटल मंगलम नामबाट संचलनमा आएको छ

होटल मेनेजर महजुले लकडाउनदेखि श्रेष्ठलाई मानसिक टचर दिईरहका थिए । शुरुमा पारिश्रमिक मासिक १० हजार तोकेको तर कहिल्यै भनेकोजति पारिश्रमिक नदिएको श्रेष्ठले बताउनु भयो ।

पिडित श्रेष्ठ ईलाका प्रहरी कार्यालय बनेपालाई जानकारी गराउँदा पनि प्रहरीले वास्तै नगरेको गुनासो छ ।

प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार  २ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता