२०८०, १५ चैत्र बिहीबार

पनौतीमा युवा लक्षित कृषि कार्यक्रम

पनौतीमा युवा लक्षित कृषि कार्यक्रम


पनौती १३ असोज नगरपालिकाले कोभिडका कारण रोजगारी गुमाएका र वैदेसिक रोजगारीबाट फर्केका युवाहरुको माग अनुसार युवा लक्षित कार्यक्रमलाई अघि बढाउने भएको छ । नगरमा युवा लक्षित प्रस्तावमा आधारित भएर कार्यक्रमलाई प्राथमिकतामा राखी अघि बढाउन खोजिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा आई पि एम कृषक पाठशाला, सुन्तला बगैचा ब्यबस्थापन, पुष्प खेती बगैचा प्रवर्धन, अर्गानीक खेती प्रवर्धन, उच्च मुल्यका फलफुलका बिरुवा बितरण, मल्चिङ प्रविधी डेमो कार्यक्रमहरु रहेको कृषि शाखाका प्रमुख सापकोटाले बताएका छन् ।

यसका साथै साना सिंचाई मर्मत तथा पाईप बितरण, थोपा सिंचाई प्रविधी कार्यक्रम, अलैची बाली सुधार कार्यक्रम, धान, अदुवा, बेसार पकेट क्षेत्र बिस्तार, हिउँदे तथा वर्षे घाँस श्रोत केन्द्र स्थापना तथा टि पि एस आलु वीऊ वितरण लगायतका कार्यक्रम रहेको नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखाले जनाएको छ ।

नगरपालिका क्षेत्रभित्रका किसान, कृषक समुह, सहकारी, ब्यवसायिक फर्म तथा संघ संस्थाहरुले आवश्यक कागजात सहित प्रस्ताव पेश गर्नसक्ने बताइएकोे छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ०८ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय